Back

श्रमिकको हकहित संरक्षणमा स्थानीय सरकारको भूमिका बढाउनुपर्नेमा जोड

बारा,३० असोज । औद्योगिक क्षेत्रमा कार्यरत श्रमिकका समस्या समाधान, श्रम कानुनको प्रभावकारी कार्यान्वयन र श्रमिकको हकहित संरक्षणका लागि स्थानीय सरकारको भूमिका बढाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

इन्डस्ट्रियल नेपाल परिषद्को आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिकाको सभाकक्षमा आयोजित शुभकामना तथा अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका श्रमिकले न्यूनतम पारिश्रमिक, नियुक्तिपत्र, सामाजिक सुरक्षा र ट्रेड युनियन अधिकार प्राप्त गर्न नसकेको भन्दै श्रम कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताएका हुन्।

कार्यक्रममा नगरप्रमुख राजन पौडेलले श्रमिकका समस्या समाधानका लागि स्थानीय तहलाई श्रमसम्बन्धी नियमनको अधिकार दिनुपर्ने बताए। श्रमिक प्रेम चौधरीले नियुक्तिपत्र माग्दा श्रमिकलाई कामबाट हटाउने गरिएको आरोप लगाउँनुभयो भने ट्रेड युनियनका प्रतिनिधिहरूले श्रमिकबीचको विभेद अन्त्य गरी समान सेवा–सुविधा सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले उद्योगी, श्रमिक र ट्रेड युनियनबीच समन्वय तथा वार्ताबाट समस्या समाधान गर्नुपर्ने बताउँनुभयो। कार्यक्रममा श्रम ऐनको कार्यान्वयन, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा, कार्यस्थलको सुरक्षा तथा श्रमिकको संगठन खोल्ने अधिकारलगायतका विषयमा छलफल भएको थियो।

कार्यक्रममा नगर उपप्रमुख भोला प्रसाद अधिकारी, अखिल नेपाल औद्योगिक मजदुर संघका केन्द्रीय अध्यक्ष बेनीप्रसाद तिमल्सिना, ट्रेड युनियनका प्रतिनिधि तथा श्रमिकहरूको सहभागिता रहेको थियो।

The post श्रमिकको हकहित संरक्षणमा स्थानीय सरकारको भूमिका बढाउनुपर्नेमा जोड appeared first on .

The full article is being collected. Available text is shown for now.

Back
Share this story

Get the daily newsletter →

Ask globalread.info

AI news & website helper
What would you like to explore?

I can find stories, explain headlines, or help you use globalread.info.

AI can make mistakes. Check the linked sources. Questions are sent to OpenAI.