← globalread.info

butwaltoday.com · 10/13/2026 · 0 views

Share this story

प्रस्तावित राजदूतको सुनुवाइ जारी

Story illustration

काठमाडौँ ।

संसदीय सुनुवाइ समिति (संयुक्त)ले आज पाँच जना प्रस्तावित राजदूतको सुनुवाइ गरेको छ ।

समिति सभापति बोधनारायण श्रेष्ठको अध्यक्षमा भएको बैठकले प्रस्तावित राजदूतहरू क्रमशः सरू जोशी (जर्मनी), सुरेशकुमार कर्ण (इजरायल), पदमाक्षी राणा (ओमान), सङ्गम श्रेष्ठ (दक्षिण कोरिया) र प्राप्ति शेरचन (स्पेन)को सुनुवाइ गरेको हो ।

बैठकमा प्रस्तावित राजदूतले आ–आफ्ना कार्ययोजना प्रस्तुत गरेका थिए । समितिको सोमबारको बैठकमा भारत, चीन, अमेरिका र बेलायतका प्रस्तावित राजदूतको सुनुवाइ भएको थियो ।

समितिको बुधबार हुने बैठकमा प्रस्तावित अन्य राजदूतको सुनुवाइ हुनेछ । साथै, बैठकले सबै १३ जना प्रस्तावित व्यक्तिलाई अनुमोदन गरी नियुक्तिका निम्ति सिफारिस गर्ने सम्भावना छ ।

मन्त्रिपरिषद्को यही असोज २ गतेको बैठकले१३ मुलुकका लागि राजदूत सिफारिस गरेको हो ।

The post प्रस्तावित राजदूतको सुनुवाइ जारी appeared first on Butwal Today .

Article image
Source: butwaltoday.com ↗
Share this story

Ask globalread.info

AI news & website helper
What would you like to explore?

I can find stories, explain headlines, or help you use globalread.info.

AI can make mistakes. Check the linked sources. Questions are sent to OpenAI.