Back

विराटनगरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु, पछाडि सवार गम्भीर घाइते

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–५ पुलचोकस्थित हुलाकी सडकखण्डमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार एक जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ निवासी १८ वर्षीय मोहम्मद रिहानरेन मियाको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार परीक्षणका लागि नम्बर प्लेट नराखिएको स्कुटर अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको थियो । त्यसपछि स्कुटर विपरीत दिशाबाट आउँदै गरेको को १–०२–००१ क ३७८२ नम्बरको स्कुल बसमा ठोक्किएको थियो ।

दुर्घटनामा स्कुटरको पछाडि सवार सप्तरीको राजविराज नगरपालिका–९ निवासी १८ वर्षीय मोहम्मद नजाम मिया गम्भीर घाइते भएका छन् । उनको विराट नर्सिङ होममा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

दुर्घटनामा संलग्न स्कुटर र स्कुल बस प्रहरीले नियन्त्रणमा लिएको छ। घटनापछि फरार रहेका बस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

The post विराटनगरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु, पछाडि सवार गम्भीर घाइते appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal .

The full article is being collected. Available text is shown for now.

Back
Share this story

Get the daily newsletter →

Ask globalread.info

AI news & website helper
What would you like to explore?

I can find stories, explain headlines, or help you use globalread.info.

AI can make mistakes. Check the linked sources. Questions are sent to OpenAI.