राष्ट्रिय वाणिज्य बैंकको ३ अर्बको ऋणपत्र खुला
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले वार्षिक ६ प्रतिशत ब्याज दिने गरी ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र आजदेखि निष्कासन तथा बिक्री खुला भएको छ । बैंकले सात वर्ष अवधिको ‘६ प्रतिशत आरबिबिएल डिबेन्चर २०८९’ निष्कासन गरेको हो ।
बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख इकाई जारी गरेको हो । कुल निष्कासनमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरका १८ लाख इकाई व्यक्तिगत तवरबाट बिक्री गरिनेछ । बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरका करिब १२ लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ ।
सर्वसाधारणका लागि छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार इकाई सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। सर्वसाधारण लगानीकर्ताले ११ लाख ४० हजार इकाईका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्रमा लगानी गर्न इच्छुकले न्यूनतम २५ इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा निष्कासनका लागि उपलब्ध सबै इकाईसम्म आवेदन दिन सक्नेछन् । आवेदन कात्तिक १० गतेसम्म दिन सकिनेछ।
ऋणपत्रको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ। लगानीकर्ताले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत वा मेरो सेयर प्रणालीबाट आवेदन दिन सक्नेछन् । राष्ट्रिय वाणिज्य बैंक पूर्ण सरकारी स्वामित्वमा सञ्चालित बैंक हो ।
The post राष्ट्रिय वाणिज्य बैंकको ३ अर्बको ऋणपत्र खुला appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal .
The full article is being collected. Available text is shown for now.