Back

आज देशका केही स्थानमा मेघ गर्जन, चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र आज र भोलि पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहने संभावना रहेको जानकारी दिएको छ ।

हाल कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बादल, लुम्बिनी प्रदेश लगातय बाँकी प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । देशका पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा आंशिक बादल तथा बाँकी तराई भू-भागमा मौसम मख्यतया सफा रहने छ। देशको हिमाली भू-भागका थोरै स्थानमा, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना छ ।

त्यस्तै आज राति देशको हिमाली भू-भागमा साधारणतया बादल र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । तराई भू-भागमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा तथा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

The post आज देशका केही स्थानमा मेघ गर्जन, चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal .

The full article is being collected. Available text is shown for now.

Back
Share this story

Get the daily newsletter →

Ask globalread.info

AI news & website helper
What would you like to explore?

I can find stories, explain headlines, or help you use globalread.info.

AI can make mistakes. Check the linked sources. Questions are sent to OpenAI.