← globalread.info

ehimalayatimes.com · 10/14/2026 · 0 views

Share this story

सैनामैनामा २५२ योजना सम्पन्न, बजेट खर्च ६४ प्रतिशत

Story illustration

रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा विकास निर्माण, स्वास्थ्य, कृषि, शिक्षा तथा सामाजिक सुरक्षालगायत क्षेत्रमा २५२ वटा योजना सम्पन्न गरेको छ। नगरपालिकाको सामाजिक परीक्षण प्रतिवेदनले पूर्वाधार विकाससँगै सेवा प्रवाह, सुशासन र नागरिकको जीवनस्तर सुधारमा भएका उपलब्धि सार्वजनिक गरेको हो।

सामाजिक परीक्षण कार्यक्रममा प्रस्तुत प्रतिवेदनअनुसार आर्थिक वर्षमा नगरपालिकाका लागि १ अर्ब ३४ करोड ३७ लाख ३९ हजार रुपैयाँ बजेट स्वीकृत भएकामा ८५ करोड ९५ लाख ९३ हजार रुपैयाँ खर्च भएको छ। यो कुल बजेटको ६४ प्रतिशत हो।

त्यस्तै, आन्तरिक आयतर्फ ८ करोड ५३ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएकामा ८ करोड २७ लाख १६ हजार रुपैयाँ संकलन भएको प्रतिवेदनमा उल्लेख छ।

नगर अस्पताल सञ्चालनदेखि स्वास्थ्य सेवाको विस्तार

स्वास्थ्य सेवातर्फ पर्रोहा स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी सैनामैना नगर अस्पतालका रूपमा सञ्चालन गरिएको छ। अस्पतालमा एक्सरे सेवा पनि सुरु गरिएको प्रतिवेदनमा उल्लेख छ।

नसर्ने रोगसम्बन्धी सचेतना कार्यक्रममा ९०० जनाको सहभागिता रहेको छ। क्यान्सर, मिर्गौला रोग तथा मेरुदण्डमा चोटपटक लागेका १८१ जनालाई थप उपचारका लागि सिफारिस गरिएको जनाइएको छ।

सडक, नाली र खेलकुद पूर्वाधारमा प्रगति

पूर्वाधार विकासअन्तर्गत नगरपालिकाले २ हजार ७६३ मिटर सडक कालोपत्रे तथा मर्मत गरेको छ। त्यस्तै, १६ हजार ५७० मिटर सडक स्तरोन्नति र १० हजार ७८३ मिटर नाली निर्माण गरिएको प्रतिवेदनमा उल्लेख छ।

नगरमा चक्रपथ निर्माणको काम अघि बढाइएको छ। मुर्गियामा राष्ट्रियस्तरको रङ्गशाला निर्माण तथा ११ वटै वडामा खुला व्यायामशाला स्थापना गर्ने काम पनि गरिएको जनाइएको छ।

६ हजार ३०० किसानलाई तरकारीको बीउ वितरण

कृषि क्षेत्रको उत्पादन र किसानको आयआर्जन बढाउन बीउबिजन वितरण, तालिम तथा भण्डारणमा सहयोग गरिएको छ। तरकारीको बीउ वितरणबाट ६ हजार ३०० किसान लाभान्वित भएका छन्।

त्यस्तै, ४८६ किसानलाई २० वटा स्थलगत तालिम प्रदान गरिएको छ। ५० प्रतिशत अनुदानमा २८ टन आलु भण्डारण गर्दा ३४० घरपरिवार लाभान्वित भएको प्रतिवेदनमा उल्लेख छ।

७ हजारभन्दा बढी लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता

सामाजिक सुरक्षातर्फ नगरपालिकाले ७ हजार ५६८ लाभग्राहीलाई २९ करोड १० लाख ५६ हजार रुपैयाँ वितरण गरेको छ। बैंकसम्म पुग्न नसक्ने लाभग्राहीलाई घरमै भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको प्रतिवेदनमा जनाइएको छ।

भूमिसम्बन्धी सेवा प्रवाहअन्तर्गत १६५ जनालाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ। त्यस्तै, सामुदायिक विद्यालयलाई २९२ सेट फर्निचर वितरण गरिएको छ।

वडा नम्बर १० स्थित एकलापहाडमा फोहोरमैला प्रशोधन केन्द्र निर्माणको प्रक्रिया पनि अघि बढाइएको नगरपालिकाले जनाएको छ।

सुशासन र सेवा प्रवाहबारे छलफल

रुपन्देही मिडिया नेटवर्क प्रालिका तर्फबाट प्रस्तुत सामाजिक परीक्षण प्रतिवेदनमाथि भएको छलफलमा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाले विकास निर्माण र सेवा प्रवाहका विषयमा धारणा राखेका थिए।

कार्यक्रममा प्रशिक्षक रामचन्द्र अर्यालले प्रतिवेदन प्रस्तुत गर्दै नगरपालिकामा भएका काम, सुशासनको अवस्था र जनप्रतिनिधिको भूमिकाबारे जानकारी गराउनुभएको थियो। उहाँले नगरपालिकामा सुशासनको अवस्था राम्रो रहेको र जनप्रतिनिधिमा इमानदारी देखिएको उल्लेख गर्नुभएको थियो।

कार्यक्रम कार्यवाहक नगरप्रमुख बिना रानाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत टीकाराम शर्मा, वडाध्यक्षहरू, प्रशासकीय अधिकृत तथा सूचना अधिकारी, लेखा अधिकृत शिवलाल अर्याललगायत शाखा प्रमुखहरूको सहभागिता थियो। कार्यक्रमको सञ्चालन केशवराज अर्यालले गर्नुभएको थियो।

समापनमा कार्यवाहक नगरप्रमुख रानाले सामाजिक परीक्षण प्रतिवेदनमा औँल्याइएका कमीकमजोरी भए सच्याउँदै अघि बढ्ने बताउनुभयो। नगरपालिकाको विकास र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Comment *

Name *

Email *

Website

Save my name, email, and website in this browser for the next time I comment.

Δ

रिलेटेड न्युज

भोजपुरबाट सुरु भयो शिक्षकको ई–पेन्सन सेवा,

स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको

काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी

भोजपुरमा स्थानीय तह र सरकारी कार्यालयको

हेटौँडामा पुरानो घरको जग खन्ने क्रममा

रोकिराखेको ईभीलाई दुई बसले ठक्कर दिँदा

कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन

नेपालगन्जमा दसैँको रौनक : चोकचोकमा दुर्गा

भोटेकोशी बाढीमा छोरा बेपत्ता, काजकिरिया गर्न

प्रतिपक्षीको बहिष्कार र सत्तापक्षकै असन्तुष्टिबीच सुदूरपश्चिमको

प्रहरी दिवसमा भोजपुरमा रक्तदान कार्यक्रम

लोकप्रिय

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट

प्रधानमन्त्री राहत कोषमा रु १३

छापा माध्यमको संकट र अनलाइन

रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट

प्रधानमन्त्री राहत कोषमा रु १३

छापा माध्यमको संकट र अनलाइन

रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८

उदितनारायणको परिवारद्वारा विपद् कोषमा पाँच

अस्पतालको गेटमै प्रसूति गराउने बवितालाई

सैनामैनामा २५२ योजना सम्पन्न, बजेट

अब हुलाकमार्फत घरमै आइपुग्नेछ नेपाल

निजी क्षेत्रलाई विद्युत व्यापारको लागि

भोजपुरबाट सुरु भयो शिक्षकको ई–पेन्सन

सिद्धार्थ बैंकका सेयरधनीलाई १० प्रतिशत

साउदीका लागि प्रस्तावित राजदूत सुनारको

छुटाउनुभयो कि ?

अब हुलाकमार्फत घरमै आइपुग्नेछ

निजी क्षेत्रलाई विद्युत व्यापारको

भोजपुरबाट सुरु भयो शिक्षकको

सिद्धार्थ बैंकका सेयरधनीलाई १०

Source: ehimalayatimes.com ↗
Share this story

Ask globalread.info

AI news & website helper
What would you like to explore?

I can find stories, explain headlines, or help you use globalread.info.

AI can make mistakes. Check the linked sources. Questions are sent to OpenAI.