अब हुलाकमार्फत घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड

काठमाडौं । नेपाल टेलिकमका ग्राहकले अब हुलाक सेवामार्फत घरमै सिमकार्ड प्राप्त गर्न सक्ने भएका छन् । नेपाल टेलिकम र हुलाक सेवा विभागको सहकार्यमा बुधबारदेखि सिमकार्ड घरमै पुर्याउने सेवा सुरु गरिएको हो ।
हुलाक सेवा विभागमा बुधबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिनाले सेवाको शुभारम्भ गर्नुभयो । उहाँले हुलाक सेवामार्फत सिमकार्डसमेत प्राप्त गर्नुभएको थियो ।
सेवाको शुभारम्भ गर्दै मन्त्री तिमल्सिनाले हुलाक सेवाको देशव्यापी सञ्जालको उपयोग गरी सिमकार्ड वितरणलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभयो । उहाँले सेवाग्राहीलाई तोकिएको समयभन्दा अगावै सिमकार्ड पुर्याउने प्रयास गर्न र वितरणमा लाग्ने समय तथा सेवाग्राहीको सन्तुष्टिका आधारमा सेवामा सुधार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।
हुलाक सेवाको क्षमता विस्तार गरी भविष्यमा एक–दुई दिनको सट्टा केही घण्टाभित्रै सामग्री डेलिभरी गर्न सक्ने व्यवस्था गरिने पनि उहाँले बताउनुभयो । विशेषगरी सहरी क्षेत्रमा छिटो सेवा उपलब्ध गराउन सकिने उहाँको भनाइ थियो ।
मन्त्री तिमल्सिनाले हुलाक सेवाको विद्यमान क्षमता र सीमालाई ध्यानमा राख्दै उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्न आग्रह गर्नुभयो । सिमकार्ड वितरणमा लाग्ने समय र सेवाग्राहीको प्रतिक्रियाको मूल्याङ्कन गरी आवश्यक सुधार गर्दै जानुपर्ने उहाँले बताउनुभयो ।
सरकारी स्वामित्वका नेपाल टेलिकम र हुलाक सेवा विभागबीचको सहकार्यले टेलिकमका सेवा नागरिकको पहुँचमा पुर्याउन सहज हुने विश्वास मन्त्री तिमल्सिनाले व्यक्त गर्नुभयो । यसबाट नेपाल टेलिकमका ग्राहकले थप सुविधा पाउनुका साथै हुलाक सेवासमेत प्रभावकारी बन्ने उहाँको अपेक्षा छ ।
नागरिकलाई प्रभावकारी र गुणस्तरीय सेवा उपलब्ध गराउन राज्यका सबै निकायले समन्वय र सहकार्य गर्दै अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
Leave a Reply Cancel reply
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.
Δ
रिलेटेड न्युज
साउदीका लागि प्रस्तावित राजदूत सुनारको १००
राष्ट्रसङ्घीय मानव अधिकार परिषद्मा नेपाल निर्वाचित,
संघीय सरकारसँग अधिकार र बजेट माग्दै
बडादसैँमा प्रधानमन्त्री शाहले गरे पलाञ्चोक भगवतीको
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ
मलेसियाका लागि प्रस्तावित राजदुत चुडामणि खरेलविरुद्ध
मलेसियाका लागि प्रस्तावित राजदुत खरेलको कार्ययोजना
म आरक्षणको विरोधी हो, योग्यताका आधारमा
प्रस्तावित राजदुत डा. झाको योग्यता र
श्रीलंकाका लागि प्रस्तावित राजदुत झालाई लुम्बिनीको
शुक्र अस्त हुँदै : कुन काम
लोकप्रिय
ब्रिक्स शिखर सम्मेलनमा नेपाल सहभागि
कांग्रेस संस्थापनइतर पक्षले मंसिरमा छुट्टै
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट
प्रधानमन्त्री राहत कोषमा रु १३
ब्रिक्स शिखर सम्मेलनमा नेपाल सहभागि
कांग्रेस संस्थापनइतर पक्षले मंसिरमा छुट्टै
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट
प्रधानमन्त्री राहत कोषमा रु १३
छापा माध्यमको संकट र अनलाइन
रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८
अब हुलाकमार्फत घरमै आइपुग्नेछ नेपाल
निजी क्षेत्रलाई विद्युत व्यापारको लागि
भोजपुरबाट सुरु भयो शिक्षकको ई–पेन्सन
सैनामैनामा २५२ योजना सम्पन्न, बजेट
सिद्धार्थ बैंकका सेयरधनीलाई १० प्रतिशत
साउदीका लागि प्रस्तावित राजदूत सुनारको
छुटाउनुभयो कि ?
निजी क्षेत्रलाई विद्युत व्यापारको
भोजपुरबाट सुरु भयो शिक्षकको
सैनामैनामा २५२ योजना सम्पन्न,
सिद्धार्थ बैंकका सेयरधनीलाई १०