माउन्ट एभरेस्ट डिस्टिलरीले बजारमा ल्यायो ‘माउन्ट गोल्ड’ ह्विस्की र ‘ब्ल्याक पर्ल’ भोड्का

काठमाडौं । नेपालमा विगत १८ वर्षदेखि मदिराजन्य पेय पदार्थ उत्पादन गर्दै आएको माउन्ट एभरेस्ट डिस्टिलरी लिमिटेडले आफ्नो प्रिमियम उत्पादन पोर्टफोलियो विस्तार गर्दै ‘माउन्ट गोल्ड’ २५ यूपी प्रिमियम ह्विस्की र ‘ब्ल्याक पर्ल’ ३० यूपी प्रिमियम भोड्का बजारमा ल्याएको छ।
कम्पनीका अनुसार नेपाली पहिचान र प्रिमियम जीवनशैलीलाई जोड दिने उद्देश्यले माउन्ट गोल्ड ह्विस्की सार्वजनिक गरिएको हो। ‘गोल्डेन लाइट, इन्डलेस नेपाल’ अवधारणामा आधारित यस उत्पादनले नेपालीपनलाई प्रिमियम जीवनशैलीसँग जोड्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।
माउन्ट गोल्ड ह्विस्की ७५० मिलिलिटर, ३७५ मिलिलिटर र १८० मिलिलिटरका बोतलमा उपलब्ध हुनेछ। ती प्याकको अधिकतम खुद्रा मूल्य (एमआरपी) क्रमशः ३ हजार, १ हजार ५०० र ७५० रुपैयाँ तोकिएको छ।
त्यस्तै, आधुनिक प्रिमियम भोड्का बजारलाई लक्षित गर्दै कम्पनीले ‘ब्ल्याक पर्ल’ ३० यूपी प्रिमियम भोड्का पनि सार्वजनिक गरेको छ। ‘द पिक अफ प्युरिटी’ ब्रान्ड अवधारणासहित बजारमा ल्याइएको यस उत्पादनलाई प्रिमियम भोड्का श्रेणीमा स्थापित गर्ने कम्पनीको लक्ष्य छ।
ब्ल्याक पर्ल भोड्का पनि ७५० मिलिलिटर, ३७५ मिलिलिटर र १८० मिलिलिटरका बोतलमा उपलब्ध हुनेछ। यसको अधिकतम खुद्रा मूल्य क्रमशः २ हजार ४००, १ हजार २०० र ६०० रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार दसैँलाई लक्षित गर्दै दुवै उत्पादन देशका प्रमुख सहरमा उपलब्ध गराइनेछ। प्रारम्भिक चरणमा काठमाडौं र पोखरालगायतका प्रमुख बजार तथा छनोट गरिएका प्रिमियम बिक्री केन्द्रमा यी उत्पादनको बिक्री सुरु गरिनेछ।
माउन्ट एभरेस्ट डिस्टिलरीका अनुसार नयाँ उत्पादन बजारमा ल्याउनु कम्पनीको प्रिमियम उत्पादन पोर्टफोलियो विस्तार गर्ने तथा नेपाली मदिराजन्य पेय पदार्थको बजारमा विभिन्न श्रेणीका उत्पादन उपलब्ध गराउने रणनीतिको महत्त्वपूर्ण हिस्सा हो।
कम्पनीले उपभोक्ताको बदलिँदो रुचि र बजारको आवश्यकतालाई ध्यानमा राख्दै आगामी दिनमा पनि नयाँ तथा नवीन उत्पादन बजारमा ल्याउँदै जाने जनाएको छ।
Leave a Reply Cancel reply
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.
Δ
रिलेटेड न्युज
निजी क्षेत्रलाई विद्युत व्यापारको लागि दशैँअघि
सिद्धार्थ बैंकका सेयरधनीलाई १० प्रतिशत बोनस
दसैँका लागि सल्लाघारीमा मुस्ताङका च्याङ्ग्रा, गत
विदेशबाट पैसा पठाउन अब थप सहज,
तीन दिनमै तोलामा ७ हजार घट्यो
दशैं नजिकिँदै गर्दा पनि कलंकी खसीबजार
कति छ आज विदेशी मुद्राको विनिमय
विपत्तिले थलिएका नागरिकलाई चाडपर्वमै महँगीको मार
एनसेल र सामसङको सहकार्य : घरायसी
नेप्से ४.१२ अंकले बढ्यो, कारोबार रकम
ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजना
अर्थमन्त्री वाग्ले ब्याङ्कक प्रस्थान
लोकप्रिय
छापा माध्यमको संकट र अनलाइन
रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८
उदितनारायणको परिवारद्वारा विपद् कोषमा पाँच
अस्पतालको गेटमै प्रसूति गराउने बवितालाई
छापा माध्यमको संकट र अनलाइन
रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८
उदितनारायणको परिवारद्वारा विपद् कोषमा पाँच
अस्पतालको गेटमै प्रसूति गराउने बवितालाई
सेमन्तको मुक्तक संग्रह‘अँधेरीमा जून’ प्रकाशन
‘देहूडु : अलौकिक ऊर्जा’ प्रकाशित
माउन्ट एभरेस्ट डिस्टिलरीले बजारमा ल्यायो
सैनामैनामा २५२ योजना सम्पन्न, बजेट
अब हुलाकमार्फत घरमै आइपुग्नेछ नेपाल
निजी क्षेत्रलाई विद्युत व्यापारको लागि
भोजपुरबाट सुरु भयो शिक्षकको ई–पेन्सन
सिद्धार्थ बैंकका सेयरधनीलाई १० प्रतिशत
छुटाउनुभयो कि ?
सैनामैनामा २५२ योजना सम्पन्न,
अब हुलाकमार्फत घरमै आइपुग्नेछ
निजी क्षेत्रलाई विद्युत व्यापारको
भोजपुरबाट सुरु भयो शिक्षकको