Back

नेपाली चाडपर्वको ऐतिहासिक पक्षबारे विचार गोष्ठी

झापा । मदन भण्डारी कला साहित्य प्रतिष्ठान, कोशी प्रदेशको आयोजनामा नेपाली चाडपर्वको ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक पक्षबारे विचार गोष्ठी सम्पन्न भएको छ । झापाको बिर्तामोड नगरपालिका–४ स्थित कोहेड कलेजमा आयोजित गोष्ठीमा प्राडा.बद्रीविशाल पोखरेलले नेपाली चाडपर्वलाई हिन्दु धर्मसँग मात्र जोडेर व्याख्या गर्ने प्रवृत्तिमाथि प्रश्न उठाउँदै तिनको ऐतिहासिक र सांस्कृतिक पक्षको चर्चा गर्नुभयो ।

उहाँले दशैँलगायतका चाडपर्व कृषि, श्रम र प्रकृतिसँग जोडिएको उल्लेख गर्दै नेपाली चाडपर्वको व्याख्या ऐतिहासिक तथ्यका आधारमा हुनुपर्ने बताउनुभयो । जमराको प्रयोगलाई कृषि सभ्यतासँग जोड्दै उहाँले श्रमपछि शारीरिक तथा मानसिक पुनर्ताजगी प्राप्त गर्ने उद्देश्यले विभिन्न पर्वको विकास भएको धारणा राख्नुभयो । मानव समाजको प्रकृतिपूजक परम्पराले पनि चाडपर्वको विकासमा महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ थियो ।

पोखरेलले तिहारलाई सामाजिक सम्बन्ध र सांस्कृतिक रूपान्तरणसँग जोडिएको महŒवपूर्ण पर्वका रूपमा व्याख्या गर्नुभयो । दिदीभाइ तथा चेलीमाइतीबीचको पवित्र सम्बन्ध स्थापित गर्ने परम्परासँग तिहारको सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले ऋग्वेदमा वर्णित यम–यमी संवादलाई यसको प्राचीनतासँग जोडेर हेर्नुपर्ने बताउनुभयो । उहाँले रावणलाई अनार्य तथा राक्षसका रूपमा व्याख्या गर्ने परम्परागत भाष्यको पुनरावलोकन गर्नुपर्ने धारणा राख्नुभयो । यस्ता व्याख्यालाई जातीय तथा धार्मिक पहिचानसँग जोडेर प्रस्तुत गर्दा सामाजिक सद्भावमा असर पर्नसक्ने भन्दै उहाँले चाडपर्व, धर्म र संस्कृतिबारे तथ्यमा आधारित विमर्श आवश्यक रहेको बताउनुभयो ।

जननेता मदन भण्डारी सामन्तवादी शासन व्यवस्थाले आफ्नो स्वार्थअनुकूल चाडपर्व, धर्म र संस्कृतिको अपव्याख्या गरेको विषयमा असहमत रहेको उल्लेख गर्दै पोखरेलले त्यससम्बन्धी दृष्टिकोणलाई सार्वजनिक बहसमा ल्याउनुपर्ने बताउनुभयो । मदन भण्डारी फाउण्डेशनका नेतृत्व तहबाट समेत यस्ता विषयमा पर्याप्त विमर्श नभएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि वाम–प्रजातान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व हरिचरण सिवाकोटीले चाडपर्वसम्बन्धी तथ्यमा आधारित विचार प्रस्तुत गरेकामा पोखरेललाई धन्यवाद दिनुभयो । उहाँले विचारपत्रमा मदन भण्डारी र जनताको बहुदलीय जनवाद (जबज)को दृष्टिकोण अनुसार चाडपर्वमा रहेका पश्चगामी पक्षमाथि कलात्मक हस्तक्षेप गर्ने विषय पर्याप्त रूपमा नउठाइएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

वरिष्ठ बुद्धिजीवी तथा राजनीतिक व्यक्तित्व कमल गुरागाईँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ बुद्धिजीवी उमानाथ ओली, प्रगतिशील प्राध्यापक संगठनका सचिव गोपीकृष्ण खतिवडा, वरिष्ठ साहित्यकार राजेन्द्र संग्रौला, नेपाल बौद्धिक परिषद् झापाका अध्यक्ष गजेन्द्र आचार्य, राष्ट्रिय जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य ओमभक्त सेढाईं, प्रगतिशील लेखक संघ झापाका अध्यक्ष लीला अधिकारी, प्राज्ञिक व्यक्तित्व उपेन्द्र आचार्य र कवि मीना अधिकारीलगायतले विचारपत्रमाथि धारणा राखेका थिए ।

The full article is being collected. Available text is shown for now.

Back
Share this story

Get the daily newsletter →

Ask globalread.info

AI news & website helper
What would you like to explore?

I can find stories, explain headlines, or help you use globalread.info.

AI can make mistakes. Check the linked sources. Questions are sent to OpenAI.