Back

चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ

Story illustration

फाइल तस्बिर

चितवन । जिल्ला प्रहरी कार्यालयले जिल्लाका मुख्य सडक, बसपार्क तथा भित्री क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । लागूऔषध, विष्फोटक पदार्थ तथा अवैध सामानको ओसारपसार नियन्त्रण गर्ने र चाडपर्वका समयमा सम्भावित अपराध न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले चेकजाँचमा तीव्रता दिएको हो ।

केन्द्रीय बसपार्क, गोन्द्राङ क्षेत्रलगायत बाहिरबाट आउने तथा स्थानीय सवारीसाधन सञ्चालन हुने स्थानमा सवारीसाधन जाँचमा कडाइ गरिएको छ । सवारी दुर्घटना रोक्न तीव्र गति, मादक पदार्थ सेवन (मापसे) र लागुऔषध सेवन (लापसे) गरी सवारी चलाउनेमाथि प्रहरीले निगरानी बढाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले लागूऔषध र विष्फोटक पदार्थका रूपमा प्रयोग हुन सक्ने पटाकालगायत सामग्रीको ओसारपसार नियन्त्रण गर्न चेकिङ गरिएको बताउनुभयो ।

उहाँले चेकजाँचमा तालिमप्राप्त कुकुर (केनाइन) टोली परिचालन गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो केनाइन (तालिमप्राप्त कुकुर) टोलीले विष्फोटक पदार्थ र लागूऔषध बोकेर आएको चिजलाई नियन्त्रण गर्न सकोस् र अपराध गर्नेहरू निरुत्साहित हुन्, आम नागरिकले सुरक्षित छौँ भन्ने महसुस गरून् भन्ने लक्ष्यका साथ काम गरेका छौँ ।”

जिल्ला ट्राफिक प्रहरी प्रमुख अनिल थापाले चाडपर्वका समयमा गन्तव्यमा छिटो पुग्ने हतारोमा चालकले तीव्र गतिमा सवारी चलाउने भएकाले त्यसलाई नियन्त्रण गर्न एकीकृत रूपमा चेकजाँच भइरहेको बताउनुभयो । लामो तथा छोटो दूरीका सवारीसाधनमा यात्रुसँग बढी भाडा लिने, शङ्कास्पद सामग्री ओसारपसार गर्ने, अमर्यादित व्यवहार गर्ने तथा मादक पदार्थ सेवन गरेर सवारी चलाउनेमाथि निगरानी बढाइएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार तीव्र गतिमा सवारी चलाउनेलाई नियन्त्रण गर्न प्रविधिको प्रयोग गरिएको छ । केन्द्रीय बसपार्क, पोखरा बसपार्क, पुल्चोकलगायत यात्रुको आवतजावत बढी हुने स्थान तथा जिल्लाका विभिन्न नाकामा आकस्मिक चेकजाँच भइरहेको उहाँले बताउनुभयो । चाडपर्वका समयमा यात्रुको सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण तथा आपराधिक गतिविधि नियन्त्रण गर्न चालक र सहचालकलाई सचेत गराउनुका साथै यात्रुलाई सजग गराइएको प्रहरीले जनाएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Comment *

Name *

Email *

Website

Save my name, email, and website in this browser for the next time I comment.

Δ

रिलेटेड न्युज

देशभरबाट बाहिरियो मनसुन, दशैँको मौसम घमाइलो

राष्ट्रपति पौडेलसमक्ष पाँच देशका नवनियुक्त राजदूतले

अब हुलाकमार्फत घरमै आइपुग्नेछ नेपाल टेलिकमको

साउदीका लागि प्रस्तावित राजदूत सुनारको १००

राष्ट्रसङ्घीय मानव अधिकार परिषद्मा नेपाल निर्वाचित,

संघीय सरकारसँग अधिकार र बजेट माग्दै

बडादसैँमा प्रधानमन्त्री शाहले गरे पलाञ्चोक भगवतीको

उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार

मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ

मलेसियाका लागि प्रस्तावित राजदुत चुडामणि खरेलविरुद्ध

मलेसियाका लागि प्रस्तावित राजदुत खरेलको कार्ययोजना

म आरक्षणको विरोधी हो, योग्यताका आधारमा

लोकप्रिय

प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै

उत्तरगयाका १६५ बाढीपीडित परिवारलाई पोखराबाट

आज ऋषिपञ्चमी : ऋषेश्वर मन्दिरमा

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल

प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै

उत्तरगयाका १६५ बाढीपीडित परिवारलाई पोखराबाट

आज ऋषिपञ्चमी : ऋषेश्वर मन्दिरमा

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु

कन्काइ पुल १४ वर्ष अलपत्र

चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ

नेपाली चाडपर्वको ऐतिहासिक पक्षबारे विचार

भाष्यको राजनीति र सत्यको संकट

डा.उपाध्यायलाई भारतमा ‘अन्तर्राष्ट्रिय उत्कर्षश्री’ अवार्ड

सन्तानको भविष्यमा समयको लगानी गरौं

शान्तामा औपन्यासिकता खोजी गर्ने प्रसंग

छुटाउनुभयो कि ?

नेपाली चाडपर्वको ऐतिहासिक पक्षबारे

भाष्यको राजनीति र सत्यको

डा.उपाध्यायलाई भारतमा ‘अन्तर्राष्ट्रिय उत्कर्षश्री’

सन्तानको भविष्यमा समयको लगानी

Back
Share this story

Get the daily newsletter →

Ask globalread.info

AI news & website helper
What would you like to explore?

I can find stories, explain headlines, or help you use globalread.info.

AI can make mistakes. Check the linked sources. Questions are sent to OpenAI.