दशैँको शुभकामना
दशैँ आयो, खुशी छायो, हरेक नेपालीको घरमा
सुख र शान्ति फुलिरहोस्, देशका कुना–कुनामा ।
रातो टीका, पहेँलो जमरा, मायाको उपहार
सबै नेपालीको जीवनमा छाओस् खुशीको बहार ।
विदेशिन नपरोस् कोही पनि रोजगारीको खोजीमा
रोजगारका फूलहरू फुलून् आफ्नै देशको माटोमा
उद्योगधन्दा, कलकारखाना नेपालमै खुल्दै जाऊन्
युवाका सपना आफ्नै देशमा सफल हुँदै जाऊन् ।
आफ्नै अस्पतालमा उपचार, आफ्नै विद्यालयमा शिक्षा
आफ्नै कलेजमा पढ्न पाऊन्, पूरा होऊन् सबैका इच्छा ।
धनको अभावमा कसैले अवसर गुमाउन नपरोस्
गरिबीका कारण कसैको सुन्दर भविष्य नरोकिनोस् ।
हरेक घरमा धनलक्ष्मीको बास होस्
किसान, मजदुर, व्यापारी सबै बनून् सुखी ।
कृषि, पर्यटन र उद्योगले देशको मुहार फेरियोस्
नेपाल आत्मनिर्भर बनोस्, समृद्धिको घाम उदाओस् ।
दुर्गा भवानीको कृपा रहोस्, सबैको रक्षा होस्
जात, भाषा, धर्मभन्दा माथि प्रेम र सद्भावको भावना होस् ।
भ्रष्टाचार हटोस् देशबाट, न्याय र इमानको जित होस्
हरेक नेपालीको मुहारमा सधैँ खुशीको चमक होस् ।
दशैँले ल्याओस् नयाँ आशा, नयाँ सोच र नयाँ उमंग
देश बनाउने संकल्प बोकी अघि बढौँ हामी सँगसँगै ।
विदेशमा होइन, आफ्नै देशमा भविष्य सजाउन पाइयोस्
सुखी नेपाली, समृद्ध नेपाल–यही सपना साकार होस् ।
सम्पूर्ण नेपालीमा विजयादशमीको हार्दिक मंगलमय शुभकामना !
The full article is being collected. Available text is shown for now.