हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ । लुम्बिनी प्रदेशसहित बाँकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बादल लाग्ने सम्भावना छ। बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।
दिउँसो हिमाली भूभागका थोरै स्थानमा वर्षा र हिमपात हुने सम्भावना छ । यस्तै, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
आज राति हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने पहाडी भूभागमा आंशिक बादल रहनेछ। तराईका केही स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्ने सम्भावना छ ।
राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।
The full article is being collected. Available text is shown for now.