Back

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। अनलाइनमार्फत आपत्तिजनक सामग्री सार्वजनिक गरी समाजमा डर र त्रास फैलाएको आरोपमा रौतहट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा राजदेवी नगरपालिका–१ निवासी २२ वर्षीय श्याम कुमार महतो रहेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उनलाई असोज २८ गते राति करिब ९ बजे गौर नगरपालिका–४ बाट पक्राउ गरिएको हो।

प्रहरीका अनुसार महतोले टिकटकमा धारिलो हतियार बोकेका तस्बिर तथा भिडियो पोस्ट गर्दै ‘प्ष्लन इा च्बगतबजबत’, ‘च्बगतबजबत प्ष्लन ब्धिबथक इल त्यउ’ र ‘क्थकतझ द्यजबष्’ जस्ता अभिव्यक्ति सार्वजनिक गर्ने गरेका थिए। उनका यस्ता गतिविधिले सामाजिक सद्भावमा असर पार्न सक्ने तथा शान्ति सुरक्षामा चुनौती उत्पन्न हुन सक्ने आकलनपछि प्रहरीले निगरानी बढाएको थियो।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएका सामग्रीको निगरानी तथा अनुसन्धानका क्रममा महतोको पहिचान गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीको क्रिमिनल रेकर्ड सिस्टममा गरिएको जाँचका क्रममा महतोको नाममा विभिन्न मितिमा चोरी, अभद्र व्यवहार र ज्यान मार्ने उद्योगलगायतका पाँचवटा मुद्दा चलेको देखिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमले जानकारी दिएका छन्।

सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने र उच्छृङ्खल अभिव्यक्ति दिने गतिविधिमाथि प्रहरीले निगरानी बढाइरहेको जनाएको छ। पक्राउ परेका महतोमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

The full article is being collected. Available text is shown for now.

Back
Share this story

Get the daily newsletter →

Ask globalread.info

AI news & website helper
What would you like to explore?

I can find stories, explain headlines, or help you use globalread.info.

AI can make mistakes. Check the linked sources. Questions are sent to OpenAI.