Back

फिफा अध्यक्ष इन्फान्टिनोको नेतृत्वमाथि प्रश्न, ज्युरिख बैठकमा सुशासन र आर्थिक पारदर्शिताबारे छलफल हुने

Story illustration

विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोको नेतृत्व र संस्थाको सुशासनलाई लिएर विवाद बढिरहेका बेला फिफा परिषद्को बैठक आज स्विट्जरल्यान्डको ज्युरिखमा बस्दैछ।

विश्वकपसहित फिफाका प्रमुख प्रतियोगितामा निजी लगानीकर्तालाई हिस्सेदारी बिक्री गर्ने योजना असफल भएपछि इन्फान्टिनो पहिलोपटक शीर्ष पदाधिकारीसँग छलफलमा सहभागी हुन लागेका हुन्। युरोपेली फुटबल महासंघ, एसियाली फुटबल महासंघ र उत्तर तथा मध्य अमेरिकी एवं क्यारिबियन क्षेत्रको फुटबल महासंघका अध्यक्षहरूले फिफाको नेतृत्व परिवर्तनको माग गर्दै आएका छन्।

बैठकमा फिफाको व्यावसायिक योजना असफल हुनुका कारण, संस्थाको सुशासन, आर्थिक सञ्चिति र सदस्य राष्ट्रलाई उपलब्ध गराइने विकास रकमबारे छलफल हुने अपेक्षा गरिएको छ। परिषद्का ३७ सदस्य सहभागी हुने बैठकमा अध्यक्षको अधिकार सीमित गर्ने विषयले पनि प्राथमिकता पाउन सक्नेछ।

इन्फान्टिनोले गत जुलाईमा फिफाको व्यावसायिक सहायक कम्पनीको केही हिस्सेदारी निजी लगानीकर्तालाई बिक्री गर्ने प्रस्ताव अघि सारेका थिए। अमेरिकी लगानीकर्ता जोसुवा कुुस्नरको कम्पनीलाई प्रमुख लगानीकर्ताका रूपमा प्रस्तुत गरिएको थियो। तर, व्यापक विरोधपछि केही दिनमै योजना फिर्ता लिनुपरेको थियो।

यस घटनाले फिफाको नेतृत्वमा मतभेद थप उजागर गरेको छ। युरोपेली फुटबल महासंघका अध्यक्ष अलेक्जान्डर सेफेरिन, एसियाली फुटबल महासंघका अध्यक्ष सलमान बिन इब्राहिम अल खलिफा र कन्काकाफका अध्यक्ष भिक्टर मोन्टाग्लियानीले नेतृत्व परिवर्तन आवश्यक रहेको बताएका छन्।

यद्यपि, इन्फान्टिनोले आफ्नो समर्थन जुटाउने प्रयास जारी राखेका छन्। अफ्रिकी फुटबल पदाधिकारीसँगको भेटमा उनले समर्थन पाएका थिए भने दक्षिण अमेरिकी फुटबल नेतृत्वले पनि सन् २०२७ को निर्वाचनमा उनलाई साथ दिने अपेक्षा गरिएको छ। एसियाका केही राष्ट्रले समेत उनको पक्षमा समर्थन जनाएका छन्।

सन् २०१६ देखि फिफाको अध्यक्ष रहेका इन्फान्टिनो सन् २०२७ मार्चमा हुने निर्वाचनमा पुनः अध्यक्ष बन्ने तयारीमा छन्। उम्मेदवारी दर्ताको अन्तिम मिति नोभेम्बर १८ तोकिएको छ। स्विट्जरल्यान्डका पूर्वखेलाडी तथा टोटनह्यामका पूर्वरक्षक रामोन भेगाले पनि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। तर, आवश्यक पाँच राष्ट्रिय फुटबल संघको समर्थन जुटाएको पुष्टि उनले गरेका छैनन्।

बैठकमा फिफाको आर्थिक सञ्चिति र सदस्य राष्ट्रलाई उपलब्ध गराइने विकास रकमबारे पनि छलफल हुनेछ। गत महिना युरोपेली फुटबल महासंघ र कन्काकाफले फिफाका २११ सदस्य संघलाई जनही एक करोड अमेरिकी डलर उपलब्ध गराउन माग गरेका थिए। इन्फान्टिनोको प्रस्तावमा सदस्य संघले दुई करोड डलरसम्म विकास सहायता पाउन सक्ने र थप दुई करोड डलरसम्म पहुँच प्राप्त गर्न सक्ने व्यवस्था उल्लेख थियो।

यसैबीच, फिफाले सन् २०२६ देखि २०३० सम्मका लागि ६ अर्ब ३५ करोड अमेरिकी डलरको विकास कोष स्थापना गर्ने योजना बनाएको छ। समाचार संस्था एएफपीका अनुसार उक्त प्रस्ताव आजको बैठकमा अनुमोदनका लागि पेस गरिनेछ। योजनाअनुसार फिफाका २११ सदस्य संघले जनही दुई करोड ५० लाख अमेरिकी डलरसम्म प्राप्त गर्न सक्नेछन्। सन् २०२६ को विश्वकपबाट प्राप्त हुने व्यावसायिक आम्दानीपछि आर्थिक सञ्चितिबाट समेत रकम जुटाउने योजना छ।

खेलकुदमा पारदर्शिता र सुशासनका लागि काम गर्दै आएको स्पोर्ट इन्टिग्रिटी ग्लोबल एलायन्सका प्रमुख इमानुएल मेडेरोसले बैठकमा फिफाको सुशासनबारे स्पष्ट छलफल हुनुपर्ने बताएका छन्। तर, फिफाको सुशासन समितिका पूर्वअध्यक्ष मिगेल मादुरोले संस्थाको विगतको कार्यशैलीका कारण बैठकबाट ठोस सुधार हुनेमा आशंका व्यक्त गरेका छन्।

फिफाले गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रदान गरेको ‘फिफा शान्ति पुरस्कार’बारे पनि बैठकमा छलफल हुने अपेक्षा गरिएको छ। नेतृत्व परिवर्तनको माग, निजी लगानीको प्रस्तावमा देखिएको विवाद र आर्थिक पारदर्शितामाथि उठेका प्रश्नका बीच हुन लागेको बैठकलाई फिफाको भावी कार्यदिशाका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।

ताजा अपडेट

चाडपर्वमा साइबर ठगी रोक्न बैंक तथा वित्तीय संस्थालाई चौबिसै घण्टा सम्पर्कमा रहन निर्देशन

जापानका लागि प्रस्तावित राजदूत थापाबारे निर्णय दसैँपछि, पीआर र सम्पत्तिबारे उठे प्रश्न

फिफा अध्यक्ष इन्फान्टिनोको नेतृत्वमाथि प्रश्न, ज्युरिख बैठकमा सुशासन र आर्थिक पारदर्शिताबारे छलफल हुने

दिल्लीमा इन्टरनेट बन्द गरेको घटनामा भारत सरकारद्वारा सर्वोच्च अदालतसँग माफी

ह्वात्तै घट्यो चाँदीको भाउ

ट्रेन्डिङ

आज यी स्थानमा भारी वर्षाको सम्भावना

हुँकार मधेसले तोक्यो विभागीय प्रमुख

भोटेकोसी बाढीपीडितलाई गैरआवासीय नेपाली संघ चीनले वितरण गर्‍यो १५ लाखको राहत

सोनम वाङ्चुकले भारत सरकारलाई दिए २४ घण्टाको अल्टिमेटम

गजुरीमा भासियो सडक, पृथ्वी राजमार्ग ठप्प

सिफारिस

गजुरीमा भासियो सडक, पृथ्वी राजमार्ग ठप्प

लम्बियो कांग्रेस महाधिवेशन, थप समयको खर्च पार्टीले ब्यहोर्ने

बलिउड अभिनेता नाना पाटेकरको निधन

कांग्रेस महाधिवेशन : तयारी नपुगेको भन्दै मतदान समय दिउँसो १ बजेसम्मको लागि सारियो

सम्बन्धित समाचार

दिल्लीमा इन्टरनेट बन्द गरेको घटनामा भारत सरकारद्वारा सर्वोच्च अदालतसँग माफी

भारतको केन्द्र सरकारले अक्टोबर १० मा दिल्लीमा इन्टरनेट सेवा अवरुद्ध गरेको घटनामा सर्वोच्च अदालतसँग निःसर्त माफी मागेको छ। गृहसचिव...

अष्ट्रेलियामा १० लाखभन्दा बढी युवाले पाए मानसिक स्वास्थ्य सेवा

अष्ट्रेलियामा देशभर सञ्चालित मानसिक स्वास्थ्य सहायता केन्द्रमार्फत १० लाखभन्दा बढी युवाले मानसिक स्वास्थ्यसम्बन्धी सेवा प्राप्त गरेका छन्। अष्ट्रेलिया सरकारले...

भारतमा प्रदर्शन गर्ने सिजेपीका दुई नेता पाँच दिनका लागि न्यायिक हिरासतमा

भारतमा प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै प्रदर्शन गरेका कक्रोच जनता पार्टी (सिजेपी) का दुई नेता सौरव दास...

अफगानिस्तानमा बीबीसीको एफएम रेडियो प्रसारण निलम्बित

काठमाडौं । अफगानिस्तानको तालिवान सरकारले देशभर बीबीसीको एफएम रेडियो प्रसारण निलम्बन गरेको छ । बेलायती प्रसारक बीबीसीले मंगलबार यसको...

Back
Share this story

Get the daily newsletter →

Ask globalread.info

AI news & website helper
What would you like to explore?

I can find stories, explain headlines, or help you use globalread.info.

AI can make mistakes. Check the linked sources. Questions are sent to OpenAI.