जापानका लागि प्रस्तावित राजदूत थापाबारे निर्णय दसैँपछि, पीआर र सम्पत्तिबारे उठे प्रश्न

संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतमध्ये दुई जनाको नाम अस्वीकृत गरेको छ। जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाबारे भने दसैँपछि निर्णय गर्ने भएको छ।
थापाको जापानको स्थायी आवासीय अनुमति, त्यहाँ रहेको घरजग्गा, पारिवारिक अवस्था र व्यावसायिक संलग्नताबारे प्रश्न उठेपछि समितिले निर्णय स्थगित गरेको हो।
थापाको नाम अनुमोदन गर्ने वा अस्वीकृत गर्ने विषयमा समितिका सदस्यबीच मतभेद देखिएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले थप कागजात आउन बाँकी रहेकाले निर्णय स्थगित गर्नुपर्ने बताएका थिए। नेकपाका सांसद वर्षमान पुनले भने जापानको स्थायी आवासीय अनुमतिसम्बन्धी विषय उठेकाले थापाको नाम अस्वीकृत गर्नुपर्ने धारणा राखेका थिए।
अन्य सांसदले पनि थापाको पारिवारिक सम्बन्ध, जापानमा रहेको घर र राजदूत नियुक्तिसम्बन्धी निर्देशिकामा उल्लिखित योग्यताबारे प्रश्न उठाएका थिए। सदस्यहरूको धारणा सुनेपछि समितिका सभापति बोधनारायण श्रेष्ठले दसैँपछि निर्णय गर्ने जानकारी गराएका थिए।
जापानको स्थायी आवासीय अनुमति र घरजग्गाबारे उजुरी
थापाविरुद्ध परेको उजुरीमा उनले जापानको स्थायी आवासीय अनुमति लिएको उल्लेख छ। उजुरीकर्ताले राजदूत नियुक्तिसम्बन्धी व्यवस्थाअनुसार विदेशी मुलुकको स्थायी वा अस्थायी आवासीय अनुमति प्राप्त व्यक्ति नियुक्तिका लागि अयोग्य हुने दाबी गरेका छन्।
उजुरीमा थापाले सन् २०१८ मा जापानको एक पत्रिकालाई आफूले स्थायी आवासीय अनुमति लिएको र त्यसपछि जापानमा बस्दै आएको बताएको उल्लेख छ। जापानको कानागवा प्रिफेक्चरमा उनको घरसमेत रहेको दाबी गरिएको छ।
उजुरीकर्ताले थापाले अनुमति लिएको मिति, त्यसको वर्तमान अवस्था र राजदूत पदका लागि आवेदन दिँदा उक्त विवरण खुलाए वा नखुलाएको विषयमा आधिकारिक कागजातका आधारमा छानबिन गर्न माग गरेका छन्। जापानमा रहेको भनिएको घरजग्गा, व्यावसायिक संलग्नता, आर्थिक लगानी र बैंकिङ दायित्वबारे पनि जाँच गर्नुपर्ने माग गरिएको छ। अर्को उजुरीमा उनको नागरिकताको अवस्था र परिवारको बसोबासबारे स्पष्ट पार्न माग गरिएको छ।
पीआर त्यागेको समयबारे पनि प्रश्न
समितिको बैठकमा रास्वपाका सांसद मधुकुमार चौलागाईंले थापाको जापानसँगको सम्बन्ध, त्यहाँ रहेको घर र सम्पत्तिबारे प्रश्न उठाएका थिए। उनले राजदूत नियुक्तिसम्बन्धी निर्देशिकामा उल्लिखित योग्यता तथा विदेशी मुलुकको रोजगारी र स्थायी आवासीय अनुमति त्यागेको अवधिबारे स्पष्ट हुनुपर्ने बताएका थिए।
रास्वपाकै सांसद राजीव खत्रीले पनि जापानमा घर रहेको विषय उठाएका थिए। एमाले सांसद पद्मा अर्यालले राजदूत बन्नकै लागि स्थायी आवासीय अनुमति त्यागेको हो कि भन्ने प्रश्न गर्दै थापाकी श्रीमती र छोराहरूको अनुमतिसम्बन्धी अवस्थाबारे जिज्ञासा राखेकी थिइन्।
थापाले सांसदका प्रश्नको जवाफ दिए पनि थप कागजात अध्ययन गरेपछि मात्रै निर्णय गर्ने निष्कर्षमा समिति पुगेको हो।
ताजा अपडेट
चाडपर्वमा साइबर ठगी रोक्न बैंक तथा वित्तीय संस्थालाई चौबिसै घण्टा सम्पर्कमा रहन निर्देशन
जापानका लागि प्रस्तावित राजदूत थापाबारे निर्णय दसैँपछि, पीआर र सम्पत्तिबारे उठे प्रश्न
फिफा अध्यक्ष इन्फान्टिनोको नेतृत्वमाथि प्रश्न, ज्युरिख बैठकमा सुशासन र आर्थिक पारदर्शिताबारे छलफल हुने
दिल्लीमा इन्टरनेट बन्द गरेको घटनामा भारत सरकारद्वारा सर्वोच्च अदालतसँग माफी
ह्वात्तै घट्यो चाँदीको भाउ
ट्रेन्डिङ
आज यी स्थानमा भारी वर्षाको सम्भावना
हुँकार मधेसले तोक्यो विभागीय प्रमुख
भोटेकोसी बाढीपीडितलाई गैरआवासीय नेपाली संघ चीनले वितरण गर्यो १५ लाखको राहत
सोनम वाङ्चुकले भारत सरकारलाई दिए २४ घण्टाको अल्टिमेटम
गजुरीमा भासियो सडक, पृथ्वी राजमार्ग ठप्प
सिफारिस
गजुरीमा भासियो सडक, पृथ्वी राजमार्ग ठप्प
लम्बियो कांग्रेस महाधिवेशन, थप समयको खर्च पार्टीले ब्यहोर्ने
बलिउड अभिनेता नाना पाटेकरको निधन
कांग्रेस महाधिवेशन : तयारी नपुगेको भन्दै मतदान समय दिउँसो १ बजेसम्मको लागि सारियो
सम्बन्धित समाचार
राजदूत बन्ने व्यक्तिको चरित्र उत्कृष्ट हुनुपर्छ : पद्मा अर्याल
नेकपा एमालेकी नेतृ पद्मा अर्यालले विदेशमा राजदूत भएर जाने व्यक्तिको चरित्र उत्कृष्ट हुनुपर्ने बताएकी छन्। बुधबार विभिन्न देशका लागि...
जनयुद्धको नेतृत्व गरेको पुस्ताले माओवादी आन्दोलन अघि बढाउन सक्दैन : जनार्दन शर्मा
काठमाडौँ : प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले जनयुद्धको नेतृत्व गरेको पुस्ताले अब माओवादी आन्दोलन अघि बढाउन नसक्ने दावी...
प्रचण्डद्वारा बाढीपहिरो प्रभावित परिवारलाई २१ अस्थायी आवास हस्तान्तरण
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको बेलकोटगढी र विदुर नगरपालिकाका बाढीपहिरो प्रभावित परिवारका लागि निर्माण गरिएका २१...
खगेन्द्र सुनारको अडिओ प्रकरणमा संसदीय छानबिन गर्न एमालेको माग
नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारसँग जोडिएको अडिओ प्रकरणमा संसदीय छानबिन गर्न...