चाडपर्वमा साइबर ठगी रोक्न बैंक तथा वित्तीय संस्थालाई चौबिसै घण्टा सम्पर्कमा रहन निर्देशन

दसैं, तिहार र छठ पर्वका लामो सार्वजनिक बिदामा हुन सक्ने साइबर ठगी तथा विद्युतीय वित्तीय अपराध नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकलाई चौबिसै घण्टा सम्पर्कमा रहने जिम्मेवार व्यक्ति तोक्न निर्देशन दिएको छ।
राष्ट्र बैंकले बुधबार सूचना जारी गर्दै सम्बन्धित संस्थालाई सम्पर्क व्यक्तिको नाम, पद, मोबाइल नम्बर र चौबिसै घण्टा निगरानी हुने इमेल ठेगाना उपलब्ध गराउन भनेको हो। ती विवरण नेपाल प्रहरीको साइबर ब्युरोमा पठाउनुपर्नेछ।
बिदाका बेला पनि शंकास्पद कारोबारको विवरण तत्काल प्राप्त गर्ने, ठगीमा प्रयोग भएका खाता पहिचान गर्ने र रकम अन्यत्र स्थानान्तरण हुन नदिन यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ। यसबाट बैंक तथा सेवा प्रदायक र प्रहरीबीच समन्वय गरी शंकास्पद खाता रोक्का गर्न तथा अनुसन्धानलाई सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
पछिल्लो समय डिजिटल वित्तीय कारोबार बढेसँगै साइबर ठगी नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ। सरोकारवाला निकायका अनुसार प्रहरीमा वित्तीय ठगीसम्बन्धी दैनिक दुई सयदेखि तीन सयसम्म उजुरी आउने गरेका छन्।
ठगीको रकम रोक्का गर्न छुट्टै संयन्त्र बनाइँदै
साइबर ठगीमा परेको रकम फिर्ता गराउन प्रक्रियागत जटिलता प्रमुख चुनौती बनेको छ। पीडितले ठगीबारे थाहा पाएर उजुरी गर्दासम्म रकम विभिन्न बैंकका खातामा स्थानान्तरण भइसकेको वा निकालिएको हुन सक्छ।
अहिले पीडितले आफ्नो बैंकमा जानकारी गराउनुका साथै प्रहरीको साइबर ब्युरोमा उजुरी दिनुपर्छ। त्यसपछि रकम पुगेका अन्य बैंकसँग समन्वय गरेर खाता रोक्का गर्नुपर्ने भएकाले प्रक्रिया लामो हुने गरेको छ।
यही समस्या समाधान गर्न नेपाल प्रहरीको सक्रियतामा राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक र दूरसञ्चार सेवा प्रदायकलाई समेटेर ‘एन्टिस्क्याम सेन्टर’ स्थापना गर्ने प्रक्रिया अघि बढाइएको छ।
राष्ट्र बैंकका अनुसार प्रस्तावित सेन्टरले शंकास्पद बैंक खाता तथा कारोबार पहिचान गर्ने, रकम रोक्का गर्न समन्वय गर्ने र ठगीमा प्रयोग भएका फोन नम्बर तथा वेबसाइटमाथि आवश्यक कारबाहीका लागि सम्बन्धित निकायसँग सहकार्य गर्नेछ।
सेन्टर स्थापनाका लागि गृह मन्त्रालयबाट प्रस्ताव स्वीकृत भइसकेको र अर्थ मन्त्रालयबाट बजेट स्वीकृत भए आगामी एक महिनाभित्र काम सुरु गर्ने लक्ष्य रहेको राष्ट्र बैंकले जनाएको छ। प्रणाली विकास भएपछि सम्बन्धित निकायका प्रतिनिधि भौतिक रूपमा उपस्थित नभई पनि समन्वय र सेवा सञ्चालन गर्न सकिने अपेक्षा गरिएको छ।
ठगीको रकम फिर्ता गर्न कृत्रिम बुद्धिमत्ताको प्रयोग प्रस्ताव
एन्टिस्क्याम सेन्टर स्थापनासम्बन्धी छलफलमा सहभागी राष्ट्र बैंकका प्रतिनिधि सुशील पौडेलले साइबर ठगीबाट प्राप्त रकम पीडितलाई फिर्ता गर्ने प्रक्रिया छिटो बनाउन कृत्रिम बुद्धिमत्ता प्रयोग गर्न सकिने प्रस्ताव गरेका छन्।
उनका अनुसार समान प्रकृतिका घटनाको विवरण विश्लेषण तथा प्रारम्भिक निरूपणमा कृत्रिम बुद्धिमत्ताको उपयोग गर्न सकिन्छ। तर, यसको प्रयोग गर्दा कानुनी अधिकार, प्रमाणको विश्वसनीयता, पीडितको सुनुवाइ र निर्णयमाथि पुनरवलोकनको व्यवस्था सुनिश्चित गर्नुपर्ने हुन्छ। कृत्रिम बुद्धिमत्ताले तथ्यांक विश्लेषणमा सहयोग गर्न सक्ने भए पनि निर्णय प्रक्रियामा मानव निगरानी आवश्यक हुन्छ।
विद्युतीय कारोबार ऐन, २०६३ को दफा ५२ मा प्रविधिको प्रयोग गरी जालसाजी गरेर प्राप्त रकम कसुर गर्ने व्यक्तिबाट भराउने व्यवस्था छ। तर, कानुनी प्रावधानसँगै ठगीको रकम तत्काल रोक्का गर्ने, पीडितको दाबी प्रमाणित गर्ने र रकम फिर्ता गर्ने प्रक्रिया पनि छिटो तथा प्रभावकारी बनाउनुपर्ने देखिन्छ।
राष्ट्र बैंकको नयाँ निर्देशन र प्रस्तावित एन्टिस्क्याम सेन्टरको प्रभावकारिता कार्यान्वयनमा निर्भर हुनेछ। ठगीको सूचना प्राप्त भएपछि बैंक तथा सेवा प्रदायकले कति छिटो प्रतिक्रिया दिन्छन्, रकम रोक्का गर्न कति समय लाग्छ र पीडितले रकम फिर्ता पाउने प्रक्रिया कति सहज हुन्छ भन्ने आधारमा यसको प्रभावकारिता मापन हुनेछ।
ताजा अपडेट
चाडपर्वमा साइबर ठगी रोक्न बैंक तथा वित्तीय संस्थालाई चौबिसै घण्टा सम्पर्कमा रहन निर्देशन
जापानका लागि प्रस्तावित राजदूत थापाबारे निर्णय दसैँपछि, पीआर र सम्पत्तिबारे उठे प्रश्न
फिफा अध्यक्ष इन्फान्टिनोको नेतृत्वमाथि प्रश्न, ज्युरिख बैठकमा सुशासन र आर्थिक पारदर्शिताबारे छलफल हुने
दिल्लीमा इन्टरनेट बन्द गरेको घटनामा भारत सरकारद्वारा सर्वोच्च अदालतसँग माफी
ह्वात्तै घट्यो चाँदीको भाउ
ट्रेन्डिङ
आज यी स्थानमा भारी वर्षाको सम्भावना
हुँकार मधेसले तोक्यो विभागीय प्रमुख
भोटेकोसी बाढीपीडितलाई गैरआवासीय नेपाली संघ चीनले वितरण गर्यो १५ लाखको राहत
सोनम वाङ्चुकले भारत सरकारलाई दिए २४ घण्टाको अल्टिमेटम
गजुरीमा भासियो सडक, पृथ्वी राजमार्ग ठप्प
सिफारिस
गजुरीमा भासियो सडक, पृथ्वी राजमार्ग ठप्प
लम्बियो कांग्रेस महाधिवेशन, थप समयको खर्च पार्टीले ब्यहोर्ने
बलिउड अभिनेता नाना पाटेकरको निधन
कांग्रेस महाधिवेशन : तयारी नपुगेको भन्दै मतदान समय दिउँसो १ बजेसम्मको लागि सारियो
सम्बन्धित समाचार
उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात
उदयुर । जिल्लाबाट वार्षिक तीन हजार मेट्रिकटन मासु जिल्ला बाहिर निर्यात हुने गरेको छ । वार्षिक आठ हजार मेट्रिकटन...
दसैँमा किनमेल गर्नेहरूको भिड
काठमाडौँ। काठमाडौँ उपत्यकाभित्रका प्रायः सबै मुख्य बजारमा अहिले किनमेल गर्ने सर्वसाधारणको भिड लागेको छ । दसैँ सुरु भएसँगै खासगरी...
बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि ५ खर्ब ५९ अर्ब बजेट सिफारिस
भोटेकोशी, कालीगण्डकी र बूढीगण्डकीलगायत नदीमा आएको बाढी तथा अन्य मौसमजन्य विपत्तिबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र पुनःस्थापनाका लागि सरकारले ५०४...
लगातार तेस्रो दिन पनि घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
काठमाडौँ। नेपाली बजारमा आज (बुधबार) पनि सुनचाँदीको भाउ घटेको छ। मंगलबार तोलामा दुई हजार दुई सय रूपैयाँ घटेको सुनको...