के आज पनि पानी पर्छ?
आज (शुक्रबार) दिउँसो तथा राति पनि देशका विभिन्न स्थानमा वर्षा-हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली भूभागका थोरै स्थान, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ।
यस्तै राति पनि कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
यसअघि बिहीबार सूचना जारी गरी मौसम महाशाखाले पश्चिमी न्यूनचापीय प्रणालीका कारण वर्षा-हिमपातको सम्भावना बढेको जानकारी दिएको थियो।
यसैबिच आज काठमाडौँ उपत्यकामा पनि छिटपुट वर्षाको सम्भावना देखिएको मौसमविद् महर्जनले बताइन्।
‘दिउँसो वा साँझपख काठमाडौँ उपत्यकाका एक-दुई स्थानमा हल्का खालको वर्षा हुने सम्भावना देखिएको छ’ उनले नेपालखबरसँग भनिन्, ‘आज उपत्यकामा पानी पर्ने सम्भावना ३० प्रतिशत देखिएको छ।’
मनसुन प्रणाली भने नेपालबाट असोज २८ गते पूर्ण रूपमा बाहिरिसकेको छ। अब देशमा मनसुनी वायुको प्रभाव छैन।
मौसम महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ भने बुधबार र बिहीबार पश्चिमी न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहने सम्भावना छ।
मनसुन अन्त्य भएर देशभर पश्चिमी वायुको प्रभाव बढेपछि दिनप्रतिदिन तापक्रम घट्दै गएको छ भने चिसो बढ्दै गएको छ।
The post के आज पनि पानी पर्छ? appeared first on khabarsewa .
The full article is being collected. Available text is shown for now.