Back

अमेरिकाको ओरेगन राज्यस्थित एक प्राथमिक विद्यालयमा गोलि प्रहार, ४ जनाको मृत्यु

अमेरिकाको ओरेगन राज्यस्थित एक प्राथमिक विद्यालयम बिहीबार अन्धाधुन्ध गोल प्रहार गरिँदा चार जनाको मृत्यु भएको छ।

स्थानीय प्रहरीका अनुसार मृतकमा तीन बालबालिका र एक शिक्षक छन्।।

सीबीएस न्युजको रिपोर्टअनुसार घटनाका लागि जिम्मेवार ठानिएको १६ वर्षीय संदिग्धको पनि मृत्यु भएको छ।

गोली लागेर दुई जना घाइते एक ७ वर्षीय बालक र अर्का एक शिक्षक घाइते भएका छन्। दुवैलाई अस्पताल भर्ना गरिएको छ, उनीहरूको अवस्था गम्भीर छ।

प्रहरीका अनुसार बिहीबार दिउँसो ओरेगनको बेन्डमा रहेको सिल्भर रेल प्राथमिक विद्यालयमा गोली चलेको हो।

एक अज्ञात सन्दिग्धले पहिले कारमा गोली चलाएको र त्यसपछि स्कुल परिसरमा प्रवेश गरेको रिपोर्ट गरिएको छ।

बेन्ड प्रहरी प्रमुख माइक क्रान्ट्जले भने, ‘सन्दिग्ध विद्यालय प्रवेश गरेपछि स्थानीय नागरिकले गोली हानेका थिए। परिणामस्वरूप सन्दिग्धको मृत्यु भयो।’

The post अमेरिकाको ओरेगन राज्यस्थित एक प्राथमिक विद्यालयमा गोलि प्रहार, ४ जनाको मृत्यु appeared first on khabarsewa .

The full article is being collected. Available text is shown for now.

Back
Share this story

Get the daily newsletter →

Ask globalread.info

AI news & website helper
What would you like to explore?

I can find stories, explain headlines, or help you use globalread.info.

AI can make mistakes. Check the linked sources. Questions are sent to OpenAI.