Back

😍ल्यान्डफिल साइट तीन दिनका

काठमाडौँ । बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट तीन दिनका लागि पूर्ण रूपमा बन्द गर्ने भएको छ । महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सूचना जारी गर्दै आगामी कार्तिक महिनाको १ गते, ३ गते र ४ गते फोहोर विसर्जन कार्य बन्द रहने जानकारी गराएको हो ।

महानगरका अनुसार दशैंको बिदा पर्ने ती तोकिएका तीन दिनबाहेक अन्य दिनहरूमा भने ल्यान्डफिल साइटमा फोहोरमैला विसर्जनको कार्य साबिक झैं नियमित रूपमा सञ्चालन हुनेछ । ल्यान्डफिल साइट बन्द रहने छोटो अवधिमा काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै महानगरले पूर्वतयारी स्वरूप नागरिकहरूलाई सचेत गराएको छ ।

महानगरपालिकाले सम्पूर्ण उपत्यकावासीलाई यस अवधिमा आफ्नो घर, कार्यालय तथा व्यवसायबाट निस्कने फोहोरमैलालाई सडक, चोक, सार्वजनिक स्थल, नदीकिनार तथा खुला स्थानमा जथाभाबी नफाल्न हार्दिक अनुरोध गरेको छ । फोहोर उठ्ने नियमित तालिका प्रभावित हुने भएकाले उक्त दिनहरूमा उत्पादित फोहोरलाई सुरक्षित रूपमा आफ्नै परिसरमा राख्न आग्रह गरिएको छ ।

The post 😍ल्यान्डफिल साइट तीन दिनका appeared first on khabarsewa .

The full article is being collected. Available text is shown for now.

Back
Share this story

Get the daily newsletter →

Ask globalread.info

AI news & website helper
What would you like to explore?

I can find stories, explain headlines, or help you use globalread.info.

AI can make mistakes. Check the linked sources. Questions are sent to OpenAI.