सुनको मूल्य चार दिनमा ८ हजार १०० रुपैयाँ घट्यो, चाँदी पनि निरन्तर ओरालो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी छ। पछिल्लो चार दिनमा सुनको भाउ प्रतितोला ८ हजार १०० रुपैयाँले घटेको छ। चाँदीको मूल्यमा पनि निरन्तर गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले घटेर २ लाख ८८ हजार ४०० रुपैयाँ कायम भएको छ। बुधबार पनि सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँले घटेर २ लाख ८९ हजार ५०० रुपैयाँमा झरेको थियो।
यसअघि सोमबार सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँ र मंगलबार २ हजार २०० रुपैयाँले घटेको थियो। यससँगै चार दिनमा सुनको मूल्य ८ हजार १०० रुपैयाँले घटेको हो।
त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि प्रतितोला २२० रुपैयाँले घटेर ४ हजार ३५ रुपैयाँ कायम भएको छ।
यसअघि माघ १५ गते सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो। उक्त मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो। सोही दिन चाँदीको मूल्य पनि प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको थियो, जुन अहिलेसम्मकै उच्च मूल्य हो।
त्यस्तै, माघ १८ गते चाँदीको मूल्य प्रतितोला १ हजार ५६५ रुपैयाँले घटेको थियो। चाँदीको मूल्यमा आएको उक्त गिरावट पनि हालसम्मकै ठूलो गिरावटका रूपमा उल्लेख गरिएको छ।
The full article is being collected. Available text is shown for now.