दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेशकुमार सिंह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही नहुने बताएका छन्।
संसदीय सुनुवाइ समितिले साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेलको नाम अस्वीकृत गरेपछि सिंहले यस्तो प्रतिक्रिया दिएका हुन्।
लोकतन्त्रमा सरकारभन्दा माथि विधि, पद्धति र राष्ट्रिय हित हुने उल्लेख गर्दै उनले राजदूत नियुक्तिजस्तो संवेदनशील विषयमा संसदीय समितिले सरकारको सिफारिसमाथि प्रश्न उठाउनु र आवश्यक परे रोक लगाउनु संसदीय निगरानीको महत्त्वपूर्ण अभ्यास भएको बताएका छन्।
‘दुई तिहाइको बहुमत हुँदैमा सरकारका हरेक निर्णय सही हुन्छन् भन्ने छैन। लोकतन्त्रमा सरकारभन्दा माथि विधि, पद्धति र राष्ट्रिय हित हुन्छ,’ सिंहले भनेका छन्।
लोकतन्त्रमा बहुमतका आधारमा शासन सञ्चालन हुने भए पनि बहुमतलाई समेत जवाफदेही बनाउने व्यवस्था आवश्यक रहेको उनको भनाइ छ।
‘यही हो लोकतन्त्रको सुन्दरता, यही हो संसदीय समितिको गरिमा,’ उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्।
The full article is being collected. Available text is shown for now.