Back

देशको राजनीतिकदेखि आर्थिक क्षेत्रसम्म अन्योलग्रस्त भएको भन्दै पूर्वराजाको चिन्ता

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक, सामाजिक तथा प्रशासनिक क्षेत्र अन्योल र अव्यवस्थामा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

विजयादशमी २०८३ को शुभकामना सन्देश जारी गर्दै उनले देशको वर्तमान अवस्था, राज्य प्रणाली र राजनीतिक नेतृत्वको भूमिकामाथि प्रश्न उठाएका हुन् ।

‘यतिबेला हाम्रो देश किन अस्तव्यस्त स्थितिमा रहेको छ ? हाम्रो राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक, सामाजिक, प्रशासनिक एवं व्यावसायिक क्षेत्र अन्योल र अव्यवस्थाको अवस्थामा किन मौलन्छ ?’ उनले प्रश्न गरेका छन् ।

पूर्वराजा शाहले राज्य प्रणालीलाई कसरी अघि बढाउने, प्रजातान्त्रिक आधारलाई कसरी बलियो बनाउने र अर्थतन्त्रलाई कसरी गतिशील बनाउने भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने संकेत गरेका छन् । उनले वर्तमान परिस्थितिमा विश्व परिवेश र भू–राजनीतिक अवस्थाको विश्लेषण गर्दै राष्ट्रियता र मौलिकताको संरक्षणमा जोड दिएका छन् ।

देशमा देखिएका समस्या समाधानका लागि राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

‘नेपालीको मनमा करुणा, समाजमा सद्भाव र देशभक्तिको भावना बलियो बनाउँदै विभाजित नभई एकताबद्ध भएर सबल र सक्षम नेपाल निर्माण गर्नुपर्नेछ,’ सन्देशमा भनिएको छ ।

पूर्वराजा शाहले पछिल्लो समय नेपालले भोग्नुपरेका प्राकृतिक विपत्तिको पनि स्मरण गरेका छन् । भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जिल्लाका नदीतटीय क्षेत्रमा भएको क्षति र जनधनको नोक्सानीलाई उनले दुःखद् घटनाका रूपमा उल्लेख गरेका छन् ।

प्रकृतिका नियमलाई स्वाभाविक रूपमा स्वीकार गर्दै त्यससँग सन्तुलन कायम गर्नुपर्ने उनको धारणा छ । मानवीय कमजोरीका कारण प्राकृतिक विपत्तिको असर भयावह बन्न सक्ने उल्लेख गर्दै उनले प्रकृतिसँग सन्तुलित व्यवहार गर्नुपर्ने सन्देश दिएका छन् ।

देश कठिन परिस्थितिमा रहेका बेला एकअर्काको दुःखमा साथ दिनु, समाजमा सद्भाव कायम राख्नु र राष्ट्रिय हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राख्नु नै साँचो देशभक्ति हुने उनले बताएका छन् ।

पूर्वराजा शाहले राष्ट्रिय स्वाभिमान र मौलिकताको संरक्षण गर्दै देशलाई अघि बढाउन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् ।

The full article is being collected. Available text is shown for now.

Back
Share this story

Get the daily newsletter →

Ask globalread.info

AI news & website helper
What would you like to explore?

I can find stories, explain headlines, or help you use globalread.info.

AI can make mistakes. Check the linked sources. Questions are sent to OpenAI.