Back

इस्तानबुलमा ८० वर्ष यताकै भारी वर्षा, तीन जनाको मृत्यु

इस्तानबुल, असोज २९–

टर्कीको इस्तानबुलमा भारी बर्षापछि बिहीबार प्रशासन र स्थानीय सङ्घसंस्थाले नागरिकलाई बाढीबाट सुरक्षा जोगाउन सङ्घर्ष गर्नुपरेको छ।

अधिकारीहरूका अनुसार यो कम्तीमा ८० वर्ष यताकै सबैभन्दा भारी वर्षा हो । मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ भने चार जना बेपत्ता छन् । बुधबार बिहानदेखि टर्कीको सबैभन्दा ठूलो शहरमा वर्षा सुरु भएको थियो र दिनभरि तीव्र हुँदै गएको थियो। यसले अराजकता र अचानक बाढी निम्त्यायो। भिडियोहरूमा बर्षापछि आएको तीव्र बाढीले कारहरू बगाएको देखिन् छ।

“हामी यहाँ सन् १९४२ मा रेकर्ड सुरु भएदेखिको इस्तानबुलको उच्चतम वर्षाको कुरा गर्दैछौँ,” इस्तानबुलका गभर्नर दाउत गुलले भन्नुभयो । कागितहाने क्षेत्र (युरोपेली भाग) को एउटा पार्क नजिकै एक पुरुषको शव भेटिएपछि बाढीबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको गुलको कार्यालयले विज्ञप्तिमा जनाएको छ ।

आँधीले बालत क्षेत्रमा एउटा पोखरीमा टेकेर बिजुलीको झट्का लागेका १४ वर्षीय बालकको पनि ज्यान लियो। उनलाई अस्पताल लगिए पनि चिकित्सकहरूले बचाउन सकेनन्, अधिकारीहरूले भने। चार जना अरू बेपत्ता छन्, अधिकारीहरूले जनाएका छन् ।

एएफपीका एक फोटोग्राफरले रिपोर्ट गरेअनुसार बिहीबार इस्तानबुल नगरपालिकाका टोली र दमकलकर्मीहरू विद्यालय, फुटबल मैदान, ग्यारेज र अन्य स्थानमा सफाइ अभियान चलाई बाढीग्रस्त क्षेत्रबाट पानी तान्दै र हिला हटाउँदै गरेका देखिन्थ्यो ।

बुधबार साँझ गभर्नरले इस्तानबुलभरिका विद्यालयहरू सोमबारसम्म बन्द रहने घोषणा गर्नुभएको थियो । उहाँले मानिसहरूलाई ‘अत्यन्त आवश्यक नभएसम्म’ घरभित्रै बस्न आग्रह गर्नुभयो भने घरमा तल्लो तल्लाका बस्नेहरूलाई ‘रात माथिल्ला तल्लामा सुरक्षित बिताउन” सुझाब दिएका थिए ।

इस्तानबुलको एसियाली भाग बेयकोजमा तीन तले कम्प्लेक्स वरिपरिको एउटा पर्खाल भत्किएपछि सुरक्षाका कारण भवन खाली गरिएको मिडिया रिपोर्टहरूमा उल्लेख छ ।

अनलाइनमा पोस्ट गरिएका र डीएचए समाचार एजेन्सीले सङ्कलन गरेका नाटकीय भिडियोहरूमा उत्तरी सार्येर जिल्लामा पार्क गरिएका कारहरूको लहर हिलो पानीको बाढीमा धकेलिएर बगेको देखिन्छ। अर्को भिडियोमा मानिसहरूलाई तीव्र बग्ने पानीबाट पहिलो तल्लाको झ्यालबाट सुरक्षित ठाउँमा तानेको देखिन्छ। टर्कीको आपत्कालीन व्यवस्थापन निकाय एएफएडीले भारी वर्षाबाट उत्पन्न घटनाहरू व्यवस्थापन गर्न ‘इमरजेन्सी डेस्क’ स्थापना गरेको छ। बुधबार साँझसम्म एक हजार २७७ बाढीका घटना, १५ पहिरो, ४७ जना अलपत्र र दुई घर भत्केका बताइएको छ ।

भारी वर्षा सप्ताहन्तसम्म जारी रहने अपेक्षा गरिएको छ ।–(रासस/एएफपी)

The full article is being collected. Available text is shown for now.

Back
Share this story

Get the daily newsletter →

Ask globalread.info

AI news & website helper
What would you like to explore?

I can find stories, explain headlines, or help you use globalread.info.

AI can make mistakes. Check the linked sources. Questions are sent to OpenAI.