रास्वपाले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार आवेदन खुलायो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूबाट आवेदन आह्वान गरेको छ। पार्टीले नगरपालिकाहरूमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्य पदका लागि आवेदन खुला गरेको हो।
रास्वपाका अनुसार पार्टीले ‘नगरपालिका क्यान्डिडेट क्लब’ मार्फत उम्मेदवारी प्रक्रिया सुरु गरेको छ। स्थानीय तहमा नेतृत्व लिन चाहने इच्छुक व्यक्तिहरूले पार्टीको आधिकारिक मोबाइल एपमा लग इन गरी आवेदन दिन सक्नेछन्। आजदेखि नै यो प्रक्रिया सुरु भएको पार्टीले जानकारी दिएको छ।
The full article is being collected. Available text is shown for now.