Back

भारतीय सर्वोच्च अदालतको फौसला : हिन्दू धर्म छाडेर अर्कै अपनाए आरक्षण सुविधा नपाइने

वीरगंज, २९ असोज । भारतको सर्वोच्च अदालतले धर्म परिवर्तन गरेमा पहिलेको जातीय पहिचानका आधारमा राज्यबाट पाइने आरक्षण सुविधा दाबी गर्न नसकिने फैसला सुनाएको छ।

हिन्दू सामाजिक व्यवस्थामा पिछडिएको वर्ग वा अनुसूचित जातिमा पर्ने व्यक्तिले अर्को धर्म अपनाउँदैमा पुरानै सामाजिक अवस्थालाई आधार बनाएर जातीय आरक्षणको लाभ लिन नसक्ने सर्वोच्चले स्पष्ट पारेको हो।

तमिलनाडुमा धर्म परिवर्तन गरी मुस्लिम बनेका व्यक्तिहरूलाई आरक्षण सुविधा उपलब्ध गराउने विषयसँग सम्बन्धित मुद्दामा सुनुवाइ गर्दै सर्वोच्च अदालतले मद्रास उच्च अदालतको पूर्वआदेशलाई सदर गरेको हो। यसअघि मद्रास उच्च अदालतले धर्म परिवर्तन गरी मुस्लिम बनेका व्यक्तिलाई आरक्षण दिने तमिलनाडु सरकारको निर्णय बदर गरिदिएको थियो।

संविधानका प्रावधान तथा जातीय आरक्षणसम्बन्धी सिद्धान्तका आधारमा यस विषयमा परेको याचिका खारेज गर्दै सर्वोच्च अदालतले हिन्दु सामाजिक व्यवस्थामा जातका आधारमा रहेको सामाजिक पछौटेपन अर्को धर्म अपनाएपछि स्वतः हस्तान्तरण नहुने व्याख्या गरेको छ। अदालतको यस फैसलाले भारतमा धर्म परिवर्तन र जातीय आरक्षणबिचको सम्बन्धबारे महत्त्वपूर्ण कानुनी नजिर स्थापित गरेको छ।

The post भारतीय सर्वोच्च अदालतको फौसला : हिन्दू धर्म छाडेर अर्कै अपनाए आरक्षण सुविधा नपाइने appeared first on Nepal Post Daily .

The full article is being collected. Available text is shown for now.

Back
Share this story

Get the daily newsletter →

Ask globalread.info

AI news & website helper
What would you like to explore?

I can find stories, explain headlines, or help you use globalread.info.

AI can make mistakes. Check the linked sources. Questions are sent to OpenAI.