मलेसिया जाने कामदारमाथि आर्थिक भार थपेको आरोपमा खड्का पक्राउ
काठमाडौं,२९ असाेज । मलेसिया जाने नेपाली कामदारको बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक कैलाश खड्का पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खड्कालाई बिहीबार ललितपुरबाट पक्राउ गरेको हो । ब्युरोका एक अधिकारीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएअनुसार मलेसिया रोजगारीमा जाने कामदारसँग बढी रकम असुल गरी सिन्डिकेट सञ्चालन गरेको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको थियो ।
खड्काको समूहले तोकेका स्वास्थ्य संस्थामा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गराउने व्यवस्था रहेको बताइएको छ । यसबाट कामदारमाथि थप आर्थिक भार परेको आरोप छ ।
खड्का स्वास्थ्य व्यवसायी संघका अध्यक्ष तथा वैदेशिक रोजगार बोर्डका सदस्यसमेत थिए । यसअघि पनि मलेसिया जाने कामदारसँग सम्बन्धित भिएलएन, वान स्टप सेन्टर र जिएसजीजस्ता संयन्त्रमाथि कारबाही प्रक्रिया अघि बढाइएको थियो ।
खड्कामाथि लागेको आरोपबारे अनुसन्धान जारी रहेकाले यसको अन्तिम निष्कर्ष भने अनुसन्धान तथा कानुनी प्रक्रियापछि मात्र स्पष्ट हुनेछ ।
The post मलेसिया जाने कामदारमाथि आर्थिक भार थपेको आरोपमा खड्का पक्राउ appeared first on Nepal Post Daily .
The full article is being collected. Available text is shown for now.