कांग्रेस मधेशी सहमहामन्त्री र खुलातर्फको मतगणना जारी, वीरगंजका चौरसिया र रुंगटा अग्रस्थानमा
वीरगंज, २९ असोज ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री मधेशी र मधेशी खुलातर्फको मतगणना जारी छ।
हालसम्मको मतगणनामा पर्साको वीरगंजका दुई प्रभावशाली नेताहरू अजयकुमार चौरसिया र अनिल रुंगटाले आआफ्नो समूहमा अग्रता लिन सफल भएका छन् ।
सहमहामन्त्री मधेशीतर्फ कुल ४ हजार ८०० मत गणना हुँदा नेता अजयकुमार चौरसिया १ हजार १८४ मतसहित अग्रस्थानमा छन् । उनलाई १ हजार २६ मत ल्याएर महेन्द्र यादवले पछ्याइरहेका छन् भने तेस्रो स्थानमा रहेका अभिषेक प्रताप साहले ८०७ मत प्राप्त गरेका छन् ।
यसैगरी, मधेशी खुलातर्फ ३ हजार ९०० मत गणना सकिँदा वीरगंजकै अर्का नेता अनिल रुंगटा २ हजार १५५ मत ल्याएर पहिलो स्थानमा अग्रता कायम गरेका छन् ।
सार्वजनिक मतपरिणाम अनुसार रामकृष्ण यादवले १ हजार ७३८, डा. गरिब दास ठाकुरले १ हजार ७३६, दिनेश यादवले १ हजार ५७८ र जितेन्द्र देवले १ हजार ५३६ मत प्राप्त गरेका छन् ।
त्यस्तै अशर्फी साहले १ हजार ५१४, अशोक कुमार शाहले १ हजार ३३९, उमेशचन्द्र यादवले १ हजार ३००, मिथलेश मिश्राले १ हजार १६९, जंगिलाल रायले १ हजार ८४, परमेश्वर साहले १ हजार ७०, श्रीप्रसाद राउतले ८१२ र लालबहादुर राउतले ७९६ मत ल्याएका छन् । हाल मतगणना निरन्तर भइरहेको छ। मधेशी कलष्टरबाट तीन जना विजयी हुनेछन् ।
The post कांग्रेस मधेशी सहमहामन्त्री र खुलातर्फको मतगणना जारी, वीरगंजका चौरसिया र रुंगटा अग्रस्थानमा appeared first on Nepal Post Daily .
The full article is being collected. Available text is shown for now.