सतुङ्गलमा घरभित्र पस्यो मालवाहक ट्रक

काठमाडौं।
काठमाडौंको सतुङ्गलमा मालवाहक ट्रक घरभित्र पस्दा तीनवटा पसल र एउटा विद्युतीय स्कुटरमा क्षति पुगेको छ। दुर्घटनामा एक जना सामान्य घाइते भएका छन्।
प्रहरीका अनुसार बिहीबार साँझ करिब ९ः१५ बजे बागमती प्रदेश ०३–००१ ख ०९५३ नम्बरको मालवाहक ट्रक अनियन्त्रित भई घरभित्र पसेको थियो।
दुर्घटनाका क्रममा घरमा रहेका तीनवटा पसल र बागमती प्रदेश ०२–०५५ प ९१८२ नम्बरको विद्युतीय स्कुटरमा क्षति पुगेको प्रहरीले जनाएको छ। घटनामा मानवीय क्षति नभए पनि एक जना सामान्य घाइते भएका छन्।
दुर्घटना कसरी भयो भन्ने विषयमा थप विवरण आउन बाँकी छ। प्रहरीले घटनाको कारण र भौतिक क्षतिको विस्तृत विवरण संकलन गरिरहेको जनाएको छ।
The full article is being collected. Available text is shown for now.