विराज र समीरको १२ गाउँ २

लोकप्रिय अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भएको फिल्म १२ गाउँ २ को ट्रेलर सार्वजनिक गरीएको छ। आज शुक्रवार रिलीजमा आउ लागेको फिल्मको हालै सार्वजनिक ट्रेलरमा विराज भट्ट र समीर भट्टको टकराव, एक्सन दृश्य तथा अभिनेता अनुपविक्रम शाहीको खलपात्रलाई मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको छ।
ट्रेलरले कथावस्तु पूर्णरूपमा नखुलाए पनि अपहरण, उद्धार, प्रतिशोध र शक्तिसंघर्षका दृश्यले फिल्म एक्सनप्रधान रहेको संकेत गरेको छ। विशेषगरी विराज र समीरलाई आमनेसामने प्रस्तुत गरिएका दृश्यले उनीहरूबीचको सम्बन्ध र द्वन्द्वबारे दर्शकमाझ जिज्ञासा बढाएको छ। एक्सनलाई प्रमुख आकर्षण बनाइएको फिल्ममा प्रेम र भावनात्मक सम्बन्धलाई पनि स्थान दिइएको छ।
फिल्ममा विराज भट्ट, समीर भट्ट र अनुपविक्रम शाहीसँगै प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्ट, वर्षा इटनीलगायतका कलाकारको अभिनय छ। १२ गाउँ २ फिल्म क्षेत्रले समेत प्रतीक्षा गरिरहेको फिल्म हो।
The full article is being collected. Available text is shown for now.