Back

कैलालीमा २ लाख ४७ हजारका भन्सार छलीका कपडा बरामद, तीन जना पक्राउ

Story illustration

धनगढी ।

कैलालीमा भन्सार छली गरी भारतबाट ल्याइएका कपडासहित तीन जना पक्राउ परेका छन्।बर्दगोरिया गाउँपालिका–१ बौनियाँ चोकस्थित भजनी जाने सडकखण्डमा प्रहरीले जाँच गर्ने क्रममा कपडा बोकेको अटो नियन्त्रणमा लिएको हो।सुपप्र ००१ ह ४२५३ नम्बरको अटोबाट २ लाख ४७ हजार १७५ रुपैयाँ मूल्यका साना–ठूला सर्ट बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा अटो चालक जानकी गाउँपालिका–५ का ३५ वर्षीय विपत राम चौधरी तथा टीकापुर नगरपालिका–१ का ३८ वर्षीय रामबहादुर टमाटा र ४९ वर्षीय प्रकाश कुँवर रहेका छन्।उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी थप कारबाहीका लागि सत्ती भन्सार कार्यालय, कैलालीमा पठाइएको प्रहरीले जनाएको छ।

The full article is being collected. Available text is shown for now.

Back
Share this story

Get the daily newsletter →

Ask globalread.info

AI news & website helper
What would you like to explore?

I can find stories, explain headlines, or help you use globalread.info.

AI can make mistakes. Check the linked sources. Questions are sent to OpenAI.