दसैँ बिदामा पनि खुला रहने काठमाडौँ जिल्ला अदालत, बिहान ११ देखि दिउँसो ३ बजेसम्म सेवा
काठमाडौँ । विजया दशमीको अवसरमा सार्वजनिक बिदा भए पनि काठमाडौँ जिल्ला अदालत निश्चित समयका लागि खुला रहने भएको छ ।
काठमाडौँ जिल्ला अदालत, बबरमहलले सूचना जारी गर्दै दसैँ बिदाको अवधिमा पनि अत्यावश्यक कानुनी सेवा प्रवाह गर्ने जनाएको हो ।
अदालतका अनुसार शनिबार, फूलपाती र विजया दशमी अर्थात् टीकाको दिनबाहेक अन्य दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कार्यालय खुला रहनेछ ।
दसैँ बिदाका समयमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता, जरुरी पक्राउ पुर्जीको समर्थन, उपस्थित अभियुक्तको म्याद थप, कल डिटेल्स (सीडीआर) तथा पक्राउ अनुमति प्रदान गर्नेलगायतका सेवा उपलब्ध हुनेछन् ।
त्यस्तै, धरौटी दाखिला गर्न नसकी थुनामा रहेका प्रतिवादीले धरौटी रकम बुझाउन ल्याएमा रकम बुझ्ने तथा फैसला बमोजिमको जरिवाना तिरेर छुट्न सक्ने व्यक्तिबाट जरिवाना रकम बुझ्ने व्यवस्था पनि मिलाइएको अदालतले जनाएको छ ।
दसैँ बिदाका समयमा पनि अत्यावश्यक कानुनी प्रक्रिया प्रभावित नहोस् र सेवाग्राहीलाई सहज होस् भन्ने उद्देश्यले अदालतले यस्तो व्यवस्था गरेको हो ।
The post दसैँ बिदामा पनि खुला रहने काठमाडौँ जिल्ला अदालत, बिहान ११ देखि दिउँसो ३ बजेसम्म सेवा appeared first on Prashasan News .
The full article is being collected. Available text is shown for now.