काठमाडौंको रानीपोखरीमा एक व्यक्तिको शव भेटियो

काठमाडौं। काठमाडौंको रानीपोखरीमा एक व्यक्तिको शव भेटिएको छ। उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाका अनुसार एक पुरुषको शव भेटिएको हो।
‘एक पुरुषको शव भेटिएको छ। शव कसको हो भन्ने खुलेको छैन’ उनले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ। शव भेटिएका व्यक्तिको उमेर ३५/४० वर्षको जस्तो देखिन्छ।’
The post काठमाडौंको रानीपोखरीमा एक व्यक्तिको शव भेटियो appeared first on Press Patra .