Back

अमेरिकाको विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु

Story illustration

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको ओरेगन राज्यस्थित एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा परी चार जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

बीबीसीको अमेरिकी साझेदार संस्था सीबीएस न्युजका अनुसार ज्यान गुमाउनेहरूमध्ये तीन जना बालबालिका रहेका छन् । घटनामा संलग्न सन्दिग्ध आक्रमणकारीको पनि मृत्यु भइसकेको अधिकारीहरूले पुष्टि गरेका छन् । प्रहरीका अनुसार सन्दिग्ध व्यक्ति सम्भवतः कुनै सर्वसाधारण को प्रतिकारमा मारिएको हुनसक्ने अनुमान गरिएको छ ।

ओरेगनको बेन्डस्थित अधिकारीहरूका अनुसार स्थानीय समयअनुसार बिहीबार दिउँसो करिब १ः०० बजे सिल्भर रेल एलिमेन्टरी स्कुल मा उक्त घटना भएको हो । एक अज्ञात व्यक्तिले विद्यालय प्रवेश गर्नुअघि बाहिर एउटा कारमाथि गोली चलाएको सूचना प्राप्त भएपछि प्रहरी टोली तुरुन्त घटनास्थल पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

The post अमेरिकाको विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु appeared first on Press Patra .

The full article is being collected. Available text is shown for now.

Back
Share this story

Get the daily newsletter →

Ask globalread.info

AI news & website helper
What would you like to explore?

I can find stories, explain headlines, or help you use globalread.info.

AI can make mistakes. Check the linked sources. Questions are sent to OpenAI.