कञ्चनपुरमा ब्राउन सुगरजस्तो पदार्थसहित दुई जना पक्राउ

धनगढी । कञ्चनपुरमा ब्राउन सुगरजस्तो देखिने लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका–१ फटैया खल्लाबाट बिहीबार दिउँसो उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार से २ प ९६९५ नम्बरको मोटरसाइकलमा सवार पुनर्वास नगरपालिका–११ डोकेबजारका ३० वर्षीय विशाल वि.क. र कैलालीको जोशीपुर गाउँपालिका–९ घर भई हाल पुनर्वास नगरपालिका–११ बस्ने २२ वर्षीय कुशल चौधरीलाई शंकाका आधारमा जाँच गर्ने क्रममा उनीहरूको साथबाट ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ फेला परेको थियो।
उक्त पदार्थको तौल १ ग्राम १८० मिलिग्राम रहेको प्रहरीले जनाएको छ। प्रहरी चौकी फटैयाबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
The post कञ्चनपुरमा ब्राउन सुगरजस्तो पदार्थसहित दुई जना पक्राउ appeared first on Press Patra .
The full article is being collected. Available text is shown for now.