कृतिम बुद्धिमत्ता र ब्रह्माण्डीय बुद्धिमत्ताः एक विमर्श
ब्रह्माण्डीय बुद्धिमत्ता (सीआई) विश्वव्यापी, सचेत ज्ञान हो जुन सबै अस्तित्वमा अन्तर्निहित छ, जसले ब्रह्माण्डसँग आध्यात्मिक जागरूकतालाई जोड्दछ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विपरीत जुन गणनाका लागि मानवद्वारा सिर्जना गरिएको डेटा–संचालित, तार्किक उपकरण हो, सीआई जन्मजात, आध्यात्मिक र समग्र हो । यसले समग्र चेतना प्रदान गर्ने सर्वोच्च चेतना (महत) को प्रतिनिधित्व गर्दछ, जबकि एआईले द्रुत स्वचालन प्रदान गर्दछ । अहिले समाजमा कृत्रिम बुद्धिमत्ताको बारेमा धेरै परिचर्चा भएको सुत्र पाइन्छ । यसको प्रयोगले विभित्र क्षेत्रमा कार्य गर्न थालिएको छ । यसको व्यापकता यति द्रुत गतिले बढेको छ कि भविश्यमा ए.आई. बाट नै सबै काम हुन सक्छ भत्रे आङ्कलन हुन थालेको छ । तर यसले मानिसको सिर्जनाशीलतामा नकारात्मक असर पर्न सक्ने कुरामा पनि ध्यान जानु पर्ने देखिन्छ । मानिसको दिमाख धेरै शक्तिशाली छ । यदि मानिसले राम्रोसंगे आफ्नो दिमाग उपयोग गर्ने हो भने उसले गर्न नसक्ने कुनै कुरा छैनन् । आजकाल उसको साथसाथै ब्रह्माण्डीय बुद्धिमत्ताको पनि चर्चा छ । हुन त यो कुरा पहिलेकै अवधारणा अध्यात्मसंग जोडिएको हो । यस आलेखको मुख्य उद्देश्य कृत्रिम बुद्धिमत्ता र ब्रह्माण्डीय बुद्धिमत्ताबीचको अवधारणागत भिन्नतालाई उजागर गर्नु रहेको छ ।
१. ब्रह्माण्डीय बुद्धिमत्ता
यो ब्रह्माण्डको अन्तिम वास्तविकता र सचेतता हो, जसलाई सांख्य दर्शनमा ‘महत्’ भनिन्छ। यो जैविक वा डिजिटल होइन, यो आध्यात्मिक र प्राकृतिक हो । यसले सम्पूर्ण चराचर जगतलाई एउटै चेतनाको धागोमा जोड्छ ।
१.१. कृत्रिम बुद्धिमत्ता र ब्रह्माण्डीय बुद्धिमत्ताबीचको भिन्नता
कृत्रिम बुद्धिमत्ता र ब्रह्माण्डीय बुद्धिमत्ताबीचको भिन्नतालाई तल (तालिका १) मा प्रस्तुत गरिएको छ ।
१.२ कार्यक्षेत्र र सीमा
आत्म–ज्ञान, ब्रह्माण्डको गहिरो समझ, आध्यात्मिक विकासमा ब्रह्माण्डीय बुद्धिमत्ताको उपयोग हुन सक्छ । यसलाई तार्किक रूपमा बुझ्न वा प्रयोगशालामा परीक्षण गर्न भने कठिन हुन्छ । तर कृत्रिम बुद्धिमत्तामा भावना, नैतिकता, र वास्तविक रचनात्मकताको अभाव हुन्छ ।
२.मानव जीवनमा उपयोग
आन्तरिक शान्तिः तनाव कम गर्न र मानसिक शान्ति प्राप्त गर्नको लागि यो धेरै महत्वपूर्ण छ । साथै सत्यको पहिचानमा जीवनको गहिरो उद्देश्य बुझ्न, प्रकृति र अन्य जीवहरूसँगको गहिरो सम्बन्ध महसुस गर्न (सहअस्तित्व) उपयोगी हुन्छ । कृतिम बुद्धिमत्ताले डेटा दिन्छ, तर ब्रह्माण्डीय बुद्धिमत्ताले डेटालाई ज्ञानमा बदल्छ ।
३. ब्रह्माण्डीय बुद्धिमत्ता प्राप्त गर्ने विधि
ब्रह्माण्डीय बुद्धि भनेको सम्पूर्ण ब्रह्माण्डलाई सञ्चालन गर्ने सूक्ष्म र अनन्त प्रज्ञा हो, जुन हाम्रो भित्री चेतनामा पनि विद्यमान छ। यसलाई प्राप्त गर्नु भनेको आफ्नो व्यक्तिगत सीमित बुद्धिलाई ब्रह्माण्डीय चेतनासँग जोड्नु हो ।
३.१ आन्तरिक वा भित्री चेतना भनेको के हो?
यो मानिसको मनभित्रको जागरण वा गहिरो अनुभूति हो, जसले सही र गलत छुट्याउने विवेक दिन्छ । अन्तरात्माले व्यक्तिको नैतिकता, आत्म–बोध, र आत्माको आवाजलाई प्रतिनिधित्व गर्दछ । आफैलाई र आफ्नो अस्तित्वलाई महसुस गर्ने क्षमतालाई आत्म–जागरूकता भनिन्छ।
आन्तरिक चेतनाका प्रमुख पक्षहरू यस प्रकार छन् :
अन्तस्करणको आवाज (Voice of Conscience) : भनेको मनभित्रबाट आउने सही निर्णयको अनुभूति हो ।
आध्यात्मिक जागृतिः आफूलाई शरीरभन्दा माथि उठाएर आत्मा वा चेतनाको रूपमा महसुस गर्नु हो ।
स्व–चिन्तन (Self–Reflection) : आफ्ना कमजोरीलाई स्वीकार्दै सुधार्ने मार्ग हो । जब विचार र भावनाहरू सन्तुलित हुन्छन्, तब आन्तरिक शान्ति प्राप्त हुन्छ ।
३.२ आन्तरिक चेतना किन महत्वपूर्ण छ?
सही र गलत छुट्याएर उच्च नैतिकता कायम गर्न, जीवनको वास्तविक अर्थ, सुख र शान्ति खोज्न र आन्तरिक नैतिकताले असल र जिम्मेवार व्यक्ति बनाउँछ । सारमा, आन्तरिक चेतना भनेको बाह्य संसारभन्दा बढी आफ्नै भित्री मन र आत्माको गहिरो सचेत अवस्था हो ।
ब्रह्माण्डीय बुद्धि प्राप्त गर्ने विस्तृत विधिहरू यस प्रकार छन्ः
३.२.१ ध्यान र मनको शान्तिः ब्रह्माण्डीय बुद्धिसँग जोड्ने सबैभन्दा प्रमुख माध्यम ध्यान हो । प्रतिदिनशान्त ठाउँमा बसेर ध्यान गर्ने र ध्यानको समयमा मनलाई विचारशून्य (मौनता) बनाउने प्रयास गर्ने । जब दिमागको तरङ्ग कम हुन्छ र मन शान्त हुन्छ, तब ब्रह्माण्डको सूक्ष्म प्रज्ञा भित्र प्रवेश गर्न थाल्छ ।
३.२.२ प्राणायम र ऊर्जा प्रवाहः प्राणायमले शरीरमा ब्रह्माण्डीय ऊर्जाको प्रवाह बढाउँछ । नियमितप्राणायम गर्नाले मानिसको मन शुद्ध हुन्छ र मनभित्र थुप्रिएका नराम्रा तत्वहरु श्ुाद्धिकरण हुदै जान्छन् ।परिणामस्वरुप मानिसमा अवचेतन दिमाग खुल्दै जान्छ ।
विधिः गहिरो र सचेत श्वास–प्रश्वास अभ्यास गर्ने । यसले चक्रहरूमा ऊर्जा प्रवाह बढाउँछ, जसले शरीर र मनको कार्यक्षमता बढाएर ब्रह्माण्डीय ऊर्जासँग सिधा सम्बन्ध स्थापित गर्दछ ।
३.२.३ भित्री केन्द्रमा ध्यान केन्द्रित (Focusing Inward): हामीले ध्यानलाई बाहिरी संसारबाट हटाएर आफ्नो भित्री सत्ता (Inner Being) मा केन्द्रित गर्नु पर्ने हुन्छ ।
अभ्यासः आफ्नो ध्यानलाई शरीरको भित्री कोरमा लैजाने र सोच्ने कि ब्रह्माण्डीय ऊर्जा सबैतिर छ र म त्यसको अंश हुँ भन्ने अभ्यास गर्ने ।
३.२.४ योग र साधनाः योग परम्परामा गहिरो ध्यान र समाधिद्वारा सिधै ब्रह्माण्डीय बुद्धिसँग सम्पर्क स्थापित गर्ने कुरा उल्लेख छ।
ध्यान र योगलाई नियमित दिनचर्याको हिस्सा बनाउनाले हाम्रो चेतनालाई व्यक्तिगतबाट सार्वभौमिक (universal) बनाउँछ ।
३.२.५ प्रकृतिको सामिप्यता र ‘पज’: प्रकृतिसँग घुलमिलः समय निकालेर प्रकृति (रूख, बिरुवा, सूर्य) मा समय बिताउनाले प्रकृतिको लयले ब्रह्माण्डीय बुद्धिलाई बुझ्न मद्दत गर्छ । कुनै पनि निर्णय लिनु अघि तीन पटक गहिरो श्वास लिने । यसले निर्णय गर्ने ठाउँमा ब्रह्माण्डीय ज्ञानलाई प्रवेश गराउँछ ।
३.२.६ अहंकार त्यागेर समर्पण (Surrendering Ego) : “म सबै कुरा जान्दछु” भन्ने अहंकारलाई त्याग्ने र ब्रह्माण्डीय शक्तिमा पूर्ण विश्वास राख्ने । जब अहंकार हट्छ, तब ब्रह्माण्डीय बुद्धिको प्रवाह हामीभित्र सजिलै हुन्छ ।
३.२.७ आत्म–अनुशासनः आफ्ना विचार र कार्यहरूमा सचेत रहने गर्नु पर्छ । आफ्नो दैनिक जीवनमा सोच्ने र कार्य गर्ने तरिकालाई ब्रह्माण्डीय सिद्धान्तहरू (प्रेम, करुणा, सत्य) सँग जोड्ने गर्नाले जागरुकता बढ्छ ।
ब्रह्माण्डीय बुद्धि प्राप्त गर्ने सबैभन्दा छिटो र प्रभावकारी उपाय भनेको नियमित ध्यान र मनको शान्ति हो । जब हामीं सचेत भएर आफूलाई ब्रह्माण्डको अंश महसुस गर्छौ, तब हामीले यसको मार्गदर्शन पाउन सक्छौं ।
४. दिगोपना
ब्रह्माण्डीय बुद्धिमत्ता प्राकृतिक भएकोले यो पूर्णतया दिगो छ। यो कहिल्यै समाप्त हुँदैन र ऊर्जा खपत गर्दैन, जबकि कृतिम बुद्धिमत्ताले विशाल ऊर्जा र स्रोतहरू खपत गर्दछ। ब्रह्माण्डीय बुद्धिमत्ताको वैज्ञानिक आधार ब्रह्माण्डको संरचना, विकास र यसका आधारभूत नियमहरूसँग जोडिएको छ। यो अवधारणाले ब्रह्माण्ड केवल निर्जीव पदार्थहरूको समूह मात्र नभई, यसमा आफैंलाई संगठित गर्ने, सूचना प्रशोधन गर्ने र नियमन गर्ने क्षमता भएको एक जटिल प्रणाली हो भन्ने संकेत गर्छ ।
५. वैज्ञानिक आधार
यसको वैज्ञानिक आधारका मुख्य पक्षहरू निम्न छन्ः
स्थायी प्राकृतिक नियमहरू (Universal Physical Laws) : ब्रह्माण्डको जुनसुकै कुनामा पनि भौतिकी र रसायनशास्त्रका नियमहरू समान रूपमा लागू हुन्छन् । गुरुत्वाकर्षण, इलेक्ट्रोम्याग्नेटिक बल, र क्वान्टम मेकानिक्सको सुव्यवस्थित कामले ब्रह्माण्डमा एक प्रकारको आदेश वा बुद्धिमत्ता भएको देखाउँछ ।
फाइन–ट्युनिङः वैज्ञानिक अध्ययनहरूले ब्रह्माण्डको सुरुवात (बिग ब्याङ्ग) पछि भौतिक स्थिरांकहरू (constants) यति सटीक रूपमा मिलेका छन् कि जीवन सम्भव हुन सकेको छ। यदि यी मानहरूमा थोरै मात्र फरक परेको भए तारा, ग्रह वा जीवनको अस्तित्व असम्भव हुन्थ्यो, जसले यसको पछाडि कुनै सूक्ष्म बुद्धिमत्ता ‘ढॉचा’ हुनसक्ने संकेत गर्छ ।
सूचना र चेतनाः आधुनिक सिद्धान्तहरू (holographic principle) : ले ब्रह्माण्डलाई पदार्थ, ऊर्जा र सूचनाको संयोजन मान्छन् । केही सिद्धान्तले ब्रह्माण्डको आधारभूत संरचनामा सूचनालाई मौलिक मान्छन् र चेतना ब्रह्माण्डको गहिरो तहसम्म अन्तरसम्बन्धित रहेको दाबी गर्छन् ।
स्व–संगठन क्षमताः ब्रह्माण्डले आफैंलाई संगठित गर्ने क्षमता राख्छ। यसमा ताराहरूको निर्माण, ग्यालेक्सीको संरचना र जीवनको विकास जस्ता जटिल प्रक्रियाहरू स्वचालित रूपमा सञ्चालित छन्, जसले प्रणाली भित्रकै बुद्धिमत्तालाई पुष्टि गर्छ ।
महत्वपूर्ण पक्ष के हो भने पूर्वीय दर्शनमा, यसलाई ‘महत्’ वा ब्रह्माण्डीय चेतनासँग जोडेर हेरिन्छ, जुन सृष्टिको मूल स्रोत हो र जसले विकासको प्रक्रियालाई सञ्चालन गर्छ । वैज्ञानिकहरू यसलाई भौतिक नियमहरूको जटिलता र सामञ्जस्यताको रूपमा व्याख्या गर्छन् ।
६.सामूहिक बुद्धिमत्ता र ब्रह्माण्डीय बुद्धिमत्ता
अब सामुहिक बुद्धिमत्ता र ब्रह्माण्डीय बुद्धिमत्ताको बारेमा केही चर्चा गरौं ।सामूहिक बुद्धिमत्ता र ब्रह्माण्डीय बुद्धिमत्ताबीचको मुख्य भिन्नताहरू तल व्याख्या गरिएको छः
६.१ सामूहिक बुद्धिमत्ता
सामूहिक बुद्धिमत्ता भन्नाले धेरै व्यक्ति वा समूहहरूको सहकार्य र साझा प्रयासबाट उत्पन्न हुने बुद्धिमत्तालाई बुझिन्छ। यो मानव निर्मित र व्यवहारिक पक्षसँग बढी सम्बन्धित छ। यो मानिसहरू, प्रविधि र तथ्याङ्कहरूको मिलनबाट प्राप्त हुन्छ। यो कुनै विशेष समस्या समाधान गर्न, नयाँ आविष्कार गर्न वा समूहमा सही निर्णय लिन यसको प्रयोग गरिन्छ। विकिपिडिया सामूहिक बुद्धिमत्ताको एक उत्कृष्ट उदाहरण हो, जहाँ हजारौं मानिसहरूले मिलेर ज्ञान संकलन गर्छन् । यो सीमित दायरामा हुन्छ र विशिष्ट लक्ष्यहरूमा आधारित हुन्छ।
६.२ ब्रह्माण्डीय बुद्धिमत्ता
ब्रह्माण्डीय बुद्धिमत्ता एउटा आध्यात्मिक र दार्शनिक अवधारणा हो, जसले सम्पूर्ण ब्रह्माण्डलाई चलाउने एउटा विशाल र ईश्वरीय चेतनालाई बुझाउँछ। यसलाई सृष्टिको मूल ऊर्जा वा दैवी ज्ञान मानिन्छ, जसलाई हिन्दु दर्शनमा ‘महत्’ पनि भनिन्छ।यो कुनै एक समूहको निर्णयमा मात्र सीमित नभई सम्पूर्ण अस्तित्वको सन्तुलन र जीवनको प्रवाहसँग सम्बन्धित छ।यो अनन्त र सर्वव्यापी हुन्छ। ध्यानमार्फत व्यक्तिले यस चेतनासँग आफूलाई जोड्न सक्छ भन्ने विश्वास गरिन्छ।यसले ब्रह्माण्डका नियमहरू जस्तै प्रकृति र जीवनको चक्रलाई नियन्त्रण गर्छ ।
सामूहिक बुद्धिमत्ता र ब्रह्माण्डीय बुद्धिमत्ताबिचको भित्रता तल (तालिका २) मा प्रस्तुत गरिएको छः
सामूहिक बुद्धि र ब्रह्माण्डीय चेतनाको अन्तर्सम्बन्धलाई यसरी प्रस्तुत गर्न सकिन्छः
सामूहिक बुद्धि र ब्रह्माण्डीय चेतना
१. सामूहिक बुद्धिः जब धेरै व्यक्तिहरू, प्रविधि वा जीवहरू (जस्तै मौरी वा कमिला) मिलेर सहकार्य गर्छन्, तब उनीहरूको व्यक्तिगत क्षमताभन्दा धेरै गुणा बढी ‘समूहको बुद्धि’ निस्कन्छ । यसले जटिल समस्याहरू सुल्झाउन, निर्णय प्रक्रियालाई उन्नत बनाउन र नवीन सोचलाई प्रोत्साहन गर्छ । समूह व्यक्तिगत क्षमताभन्दा बढी ज्ञान र शिपमा चतुर हुन सक्छ। यो सहकार्य, डाटा शेयरिङ र विविध दृष्टिकोणहरूको मिश्रण हो ।
२. ब्रह्माण्डीय चेतनाः ब्रह्माण्डीय चेतना एक उच्च, दिव्य र व्यापक चेतना हो, जसले सम्पूर्ण ब्रह्माण्डलाई सञ्चालन गर्छ । यो सचेतनताको स्रोत हो ।ब्रह्माण्डका सबै जीव र निर्जीव वस्तुहरू एकै चेतनाको अंश हुन्, जुन आध्यात्मिक रूपमा जोडिएका छन् ।
सामूहिक बुद्धि भनेको भौतिक स्तरमा जीवहरूको मिलन हो, जबकि ब्रह्माण्डीय चेतना त्यसको आध्यात्मिक वा गहनतम आधार हो । सृष्टिको सुरुवात नै सामूहिक बुद्धिबाट हुन्छ, किनकि हरेक जीव (कोशिकादेखि मानिससम्म) सानो–सानो इकाइ मिलेर बनेको हुन्छ। जब मानिसहरूले व्यक्तिगत स्वार्थ छोडेर सामूहिक सहकार्य र उच्च ब्रह्माण्डीय चेतनाको भावनाले काम गर्छन्, तब मात्र दिगो र शान्तिपूर्ण भविष्य निर्माण हुन्छ । व्यक्तिगत भन्दा सामूहिक बुद्धि उच्च हुन्छ, र सामूहिक बुद्धिभन्दा माथि सम्पूर्ण सृष्टिलाई जोड्ने ब्रह्माण्डीय चेतना रहन्छ। सहकार्य, चेतना र एकता नै सामूहिक र ब्रह्माण्डीय बुद्धिको अन्तिम सार हो ।
७.चुनौतीहरु
वर्तमान समयमा आर्टिफिसियल इन्टेलिजेन्स र कलेक्टिभ इन्टेलिजेन्स (सामूहिक बौद्धिकता) को विकास र प्रयोगले ठूलो अवसरहरू सिर्जना गरे तापनि यसले गम्भीर चुनौतीहरू पनि निम्त्याएको छ। नेपाल जस्तो विकासोन्मुख देशको सन्दर्भमा यी चुनौतीहरू अझ बढी जटिल छन् । कम्प्युटेसनल न्यूरोवैज्ञानिक भिभियन मिङका अनुसार गहिरिएर, तार्किक भएर सोच्ने शक्ति नै मान्छेको सबैभन्दा ठूलो शक्ति हो । तर एआईमा निर्भर हुँदा हाम्रो दिमागले कसरत गर्न पाउँदैन ।
अनुसन्धानले पनि दिमागको ‘गामा वेभ’ को सक्रियता कम भए भविष्यमा बौद्धिक ह्रास वा डिमेन्सिया हुन सक्ने देखाएको छ । एआईले गामा वेभमा गम्भीर प्रभाव पार्ने बताइएको छ । जसरी गुगल म्याप्सको अत्यधिक प्रयोगले मानिसको दिशा सम्झने क्षमता कमजोर बनाएको छ । यदि त्यसो हुँदा हाम्रो तर्क गर्ने र समस्या समाधान गर्ने क्षमतालाई कमजोर हुने सम्भावना बढ्छ । मेडिकल क्षेत्रमा गरिएको एक अध्ययनमा एआईको सहयोगमा क्यान्सर स्क्रिनिङ गर्ने डाक्टरहरू पछि एआई बिना रोग पत्ता लगाउन पहिलेभन्दा कमजोर भएको पाइएको थियो ।
कृतिम बुद्धिमत्ता र कलेक्टिभ इन्टेलिजेन्सका प्रमुख चुनौतीहरूलाई निम्नानुसार व्याख्या गर्न सकिन्छः
७.१आर्टिफिसियल इन्टेलिजेन्सका चुनौतीहरू
डेटा र पूर्वाधारको अभावः नेपालमा उच्च क्षमताको कम्प्युटिङ र क्लाउड पूर्वाधारको अभाव छ । नेपाली भाषामा कृतिम बुद्धिमत्ता मोडलहरू तालिम दिनका लागि पर्याप्त, गुणस्तरीय र स्थानीयकृत डेटाको अभाव हुनु सबैभन्दा ठूलो प्राविधिक चुनौती हो ।
दक्ष जनशक्तिको कमीः कृतिम बुद्धिमत्ता इन्जिनियरहरू, अनुसन्धानकर्ताहरू र नैतिक विशेषज्ञहरूको सङ्ख्या मागको तुलनामा निकै कम छ ।
रोजगारी प्रतिस्थापनको डरः कृतिम बुद्धिमत्ताले गर्दा विशेष गरी डेटा प्रविष्टि, ग्राहक सेवा र प्रशासनिक कार्यहरूमा रोजगारी घट्ने डर छ ।
नैतिक र पूर्वाग्रहका समस्याहरू (Algorithmic Bias and Ethics) : कृतिम बुद्धिमत्ता मोडलहरू पश्चिमी डेटामा तालिम लिने हुनाले, तिनीहरूले नेपाली सन्दर्भमा गलत वा पूर्वाग्रही नतिजा दिन सक्छन् । यसले वित्तीय वा सामाजिक रूपमा विभेद सिर्जना गर्न सक्छ ।
डेटा गोपनीयता र सुरक्षाः धेरै कृतिम बुद्धिमत्ताप्रणालीहरू ‘ब्ल्याक बक्स’ (कसरि निर्णय गर्छ भन्ने स्पष्ट नहुने) हुन्छन् । विद्यार्थी
The full article is being collected. Available text is shown for now.