खगेन्द्र सुनारलाई किशोर श्रेष्ठको प्रश्न- ‘मुद्दा हाल्छु भनेर कति दिन अलमल्याउने ?’
काठमाडौं । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारलाई आफूहरूविरुद्ध मुद्दा हाल्न किन ढिलाइ गरेको भन्दै प्रश्न गरेका छन् ।
जनआस्थाले हालै सार्वजनिक गरेको अडियो–भिडियो सामग्री कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबाट तयार पारिएको भन्दै अस्वीकार गर्दै आएका सुनारलाई लक्षित गर्दै श्रेष्ठले सामग्री वास्तविक नभए कानुनी प्रक्रिया अघि बढाउन किन ढिलाइ गरेको भन्दै प्रश्न गरेका हुन् ।
श्रेष्ठले जनआस्थाले सार्वजनिक गरेको अडियो वास्तविक भएको दाबी गर्दै कसैको डर, धम्की वा दबाबका कारण जनतालाई सुसूचित गराउने पत्रकारको कलम नरोकिने बताएका छन् ।
श्रेष्ठका अनुसार, जनआस्थाले नाम सार्वजनिक नगरेकी एक महिलाले बनस्थलीस्थित बर्गर हाउसमा भेटघाट र सल्लाह गरेपछि कुनै टेलिभिजन च्यानलमा गएर पुराना विषय सार्वजनिक गर्ने तर अडियोमा सुनिएको आवाज आफ्नो नभएको दाबी गर्ने अवस्था देखिएको छ ।
उनले यस विषयमा सम्बन्धित पक्षबाट सार्वजनिक रूपमा विभिन्न दाबी भइरहेका बेला अडियोको सत्यताबारे पनि प्रश्न उठाएका छन् । श्रेष्ठले सामाजिक सञ्जालमा रास्वपाका केही केन्द्रीय सदस्यले ‘केही नपाएपछि पुरानो कन्टेन्ट ल्याउने’ आशयका अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यसप्रति आपत्ति जनाएका छन् ।
श्रेष्ठले तीन दिनअघि फेसबुकमार्फत अडियो–भिडियो सामग्री स्पष्ट र वास्तविक नभएको दाबी गरिएको प्रसंग उल्लेख गर्दै अहिले पनि सामग्रीको वास्तविकताबारे विवाद कायम रहेको बताएका छन् । उनले अडियो सही भएको आफ्नो दाबी दोहोर्याउँदै आफूहरूविरुद्ध मुद्दा हाल्ने भनाइलाई कार्यान्वयन गर्न चुनौती दिएका छन् ।
‘मुद्दा हाल्छु हाल्छु भनेर समर्थकहरूलाई अझै कतिदिन अलमल्याइरहने खोजेको रु’ भन्दै श्रेष्ठले प्रश्न गरेका छन् । फोनमार्फत काट्ने र मार्ने धम्की दिएर सत्यलाई छोप्न नसकिने उनको भनाइ छ ।
The full article is being collected. Available text is shown for now.