Back

रियल मड्रिडलाई ठूलो धक्का : ‘विपक्षीको कपाल समात्ने’ भिनिसियसमाथि लाग्यो लामो प्रतिबन्ध

काठमाडौं, असोज २९

स्पेनिस क्लब रियल मड्रिडका स्टार फरवार्ड भिनिसियस जुनियरलाई ४ खेलको प्रतिबन्ध लागेको छ । घरेलु ला लिगामा भिल्लारियलविरुद्धको खेलमा विपक्षी खेलाडीको कपाल तानेर रातो कार्ड पाएका भिनिसियसलाई त्यसपछि रेफ्रीसँग गरेको आक्रामक व्यवहारका कारण थप कारबाही गरिएको हो । स्पेनिस फुटबल महासंघको अनुशासन समितिले बुधबार प्रतिबन्धको निर्णय सुनाएको हो । यो निर्णयसँगै ब्राजिलियन फरवार्डले बार्सिलोनाविरुद्ध अक्टोबर २५ मा हुने बहुप्रतीक्षित एल क्लासिको खेलसमेत गुमाउने भएका छन् ।

कपाल तानेपछि रातो कार्ड

गत शनिबार भिल्लारियलविरुद्ध सान्टियागो बेर्नाबेउमा भएको खेलमा रियल मड्रिडले १–० को कठिन जित निकालेको थियो । उक्त खेलमा भिनिसियस दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए । खेलको ७३औं मिनेटतिर उनले भिल्लारियलका नाथन सालिबाको कपाल तानेका थिए । त्यस घटनापछि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहयोगमा मुख्य रेफ्रीले भिनिसियसलाई रातो कार्ड देखाएका थिए ।

भिनिसियसले त्यसअघि गरेको गोलका लागि खुलेरै सेलिब्रेसन गरेका थिए । तर भीएआर जाँचपछि उक्त गोल रद्द गरियो । र, उनलाई मैदानबाट बाहिर पठाइयो । रेफ्रीको निर्णयले भिनिसियसको उत्कृष्ट गोल खोसियो भने खेल अनुशासनविपरीतको कार्यका लागि उनलाई रातो कार्ड दिएर मैदानबाट निकालियो ।

दुई कारणले चार खेलको प्रतिबन्ध

अनुशासन समितिले भिनिसियसलाई दुई छुट्टाछुट्टै कारणमा प्रतिबन्ध लगाएको छ । दुई खेलको प्रतिबन्ध– बल खेल्ने प्रतिस्पर्धामा नरहेको अवस्थामा विपक्षी खेलाडीको कपाल तानेर हिंसात्मक व्यवहार गरेकोमा । थप दुई खेलको प्रतिबन्ध– रातो कार्ड पाएपछि रेफ्रीको निर्णयविरुद्ध आक्रामक रूपमा विरोध गरेकोमा ।

यसरी दुवै कारबाही जोडिँदा भिनिसियसले स्पेनिस ला लिगाका चार खेल गुमाउने भएका छन् । रियल मड्रिडले प्रतिबन्ध कम गराउन पेस गरेका तर्कलाई अनुशासन समितिले स्वीकार गरेन । यसको अर्थ घरेलु लिगमा अब हुने आगामी ४ खेलमा रियल मड्रिडले आफ्ना एक प्रमुख खेलाडीबिनै खेल्नुपर्नेछ । तर यो प्रतिबन्ध च्याम्पियन्स लिगमा भने लागू हुनेछैन ।

‘इएल क्लासिको’मा भिनिसियस नहुने

यो प्रतिबन्ध रियल मड्रिडका लागि ठूलो धक्का बनेको छ । भिनिसियसले सेभिल्लाविरुद्ध अक्टोबर १८, बार्सिलोनाविरुद्ध अक्टोबर २५, रेसिङ सान्टान्डेरविरुद्ध नोभेम्बर १ र भ्यालेन्सियाविरुद्ध नोभेम्बर ७ मा हुने ला लिगाका खेल गुमाउनेछन् । विशेषगरी बार्सिलोनाविरुद्धको इएल क्लासिकोमा उनको अनुपस्थिति रियलका लागि चुनौतीपूर्ण हुने छ । भिनिसियस टोलीका प्रमुख आक्रमणकारीमध्ये एक हुन् । उनी नहुँदा प्रशिक्षक जोसे मोउरिन्होले आक्रमणको संयोजनमा विकल्प खोज्नुपर्ने छ ।

भिनिसियसले मागेका थिए माफी

भिल्लारियलविरुद्ध रातो कार्ड पाएपछि भिनिसियसले सामाजिक सञ्जालमार्फत आफ्ना सहकर्मी र समर्थकसँग माफी मागेका थिए । उनले टोली र समर्थकलाई दुःख दिएकोमा खेद व्यक्त गरेका थिए । तर माफी मागे पनि अनुशासन समितिको निर्णयबाट उनी बच्न सकेनन् । अब भिनिसियसले ला लिगाका ४ खेल दर्शक बनेर हेर्नुपर्ने छ । यद्यपि, यो प्रतिबन्ध घरेलु लिगका खेलमा लागू हुने भएकाले उनले युरोपेली च्याम्पियन्स लिगका खेल खेल्न पाउनेछन् ।

रियल मड्रिडका लागि अब सबैभन्दा ठूलो चुनौती भिनिसियसबिनै यस सिजनको पहिलो इएल क्लासिको खेलमा बार्सिलोनाविरुद्ध खेल्नु हुनेछ । बार्सिलोनाविरुद्धको भिडन्तमा उनको अनुपस्थितिले खेलको समीकरणमा कस्तो प्रभाव पार्छ भन्ने हेर्न बाँकी छ । सुरुआती ड खेलमा रियल मड्रिडले २ खेल हारिसकेको छ भने बार्सिलोनाले सबै खेल जितेको छ ।

The full article is being collected. Available text is shown for now.

Back
Share this story

Get the daily newsletter →

Ask globalread.info

AI news & website helper
What would you like to explore?

I can find stories, explain headlines, or help you use globalread.info.

AI can make mistakes. Check the linked sources. Questions are sent to OpenAI.