घरधनीले तिर्नुपर्ने घरबहाल कर जबरर्जस्ती ब्यवसायीबाट असुली गरिएको गुनासो

नेपालगन्ज । नेपालगन्जका उद्योगी व्यवसायीहरुले स्थानीय सरकारले व्यवसायीहरुमाथि अन्याय गरेको बताएका छन् । उनीहरुले घरधनीले बुझाउनुपर्ने घरबहाल कर व्यवसायीलाई तिर्न बाध्य बनाएर स्थानीय सरकारले उद्योगी व्यवसायी माथि अन्याय गरेको बताएका हुन् ।
बडा दसैं, तिहार, नेपाल संम्वत र छठपर्वको शुभकामना आदान प्रदान गर्न नेपालगन्ज उद्योग बाणिज्य संघले आयोजना गरेको कार्यक्रममा सहभागी उद्योगी व्यवसायीहरुले सरकारले जडिबुटी निकासी सम्बन्धी सरल नीति नबनाएको र संघले त्यसको पहलकदमी नलिएको गुनासो गरेका थिए । उनीहरुले नेपालगन्ज उद्योग बाणिज्य संघलाई उपमहानगरमा मात्र केन्द्रीत गराइएको टिप्पणी गर्दै संघको क्रियाकलाप उपमहानगर बाहिरका उद्योगी व्यवसायीहरु सम्म पुग्नु पर्ने बताए । संघले कृषिलाई व्यवसायकारुपमा ग्रहण गर्न नसकेको बताउँदै कृषि उद्यम र ब्यवसाय पनि संघको छातामुनी ल्याउनु पर्ने सहभागीहरुले सुझाए ।
सहभागीहरुले बजार क्षेत्रको अस्तब्यस्त ट्राफिक ब्यवस्थापन, अबैध पोके ब्यापारी, अबैज्ञानीक कर प्रणालीका बिषयमा संघले नेतृत्वदायी भुमिका खेल्नुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा सरुवा भएर जान लागेका नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेल र आन्तरिक राजस्व कार्यालय नेपालगन्जका प्रमुख कर अधिकृत पूर्णप्रसाद न्यौपानेलाई सम्मान गरिएको थियो भने सरुवा भएर बाँके आएका सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गणका सशस्त्र प्रहरी नायब उपरीक्षक मणिन्द्रबहादुर शाहीलाई स्वागत गरिएको थियो ।
सहभागीहरुलाई स्वागत र शुभकामना ब्यक्त गर्दै नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष चिरन्जिवी ओलीले उद्योगी व्यवसायीको हकहित र संरक्षणका लागि संघले कुनै सम्झौता नगर्ने उल्लेख गरे । सबैको सहकार्य र सल्लाहमा संघले आफ्नो क्रियाकलाप अगाडि बढाउने उल्लेख गर्दै ओलीले उद्योगी ब्यवसायीलाई निर्वाद ब्यवसाय गर्ने वातावरण बनाउन संघ तत्पर रहेको बताए ।
अन्तरक्रिया कार्यक्रममा ब्यवसायीहरु झविन्द्र मरासिनी, दिपेन्द्र कुमार जोशी, टंकप्रसाद शर्मा, सुजाता खरेललगायतले उद्योगी व्यवसायीका समस्याहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामीला तथा कानुन मन्त्री भण्डारीलाल अहिर, प्रदेशसभा सदस्य मीना कुमारी श्रेष्ठ, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ वाणिज्य कार्यालय बाँकेका प्रमुख सुरेन्द्र सिंहलगायतको उपस्थिति थियो। त्यसैगरि वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक शेखर खड्का, संघका पूर्वअध्यक्षहरू कृष्णप्रसाद श्रेष्ठ, नन्दलाल वैश्य र अब्दुल वाहिद मन्सुरीसहित संघका वर्तमान पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार, उद्योगी व्यवसायी तथा पत्रकारहरूको सहभागिता थियो।
चाडपर्वको अवसरमा आयोजित कार्यक्रममा उद्योगी व्यवसायी, सरकारी निकायका प्रतिनिधि तथा सरोकारवालाबीच शुभकामना आदानप्रदानसँगै आपसी समन्वय र सहकार्यका विषयमा अन्तरक्रिया गरिएको संघले जनाएको छ ।
The full article is being collected. Available text is shown for now.