Back

ग्रिन युरिया प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान

काठमाडौं। कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलमा मन्त्रालयले ग्रिन युरिया प्लान्ट स्थापनाका लागि अवधारणा, विस्तृत विवरण तथा कार्यान्वयनको ढाँचासम्बन्धी प्रस्ताव आह्वान गरेको छ।

सरकारको लक्ष्य वार्षिक करिब पाँच लाख मेट्रिकटन क्षमताको प्लान्ट स्थापना गर्नु रहेको मन्त्री चौधरीले बताइन्। उनका अनुसार भविष्यमा आवश्यकताअनुसार यसको उत्पादन क्षमता थप विस्तार गर्न सकिनेछ।

व्यावसायिक रूपमा हरित युरिया उत्पादन गर्ने उद्योग स्थापना गर्न इच्छुक कम्पनी, संयुक्त लगानी ‘ज्वाइन्ट भेन्चर’ तथा कन्सोर्टियमसँग अवधारणा र कार्यविधिसम्बन्धी विस्तृत प्रस्ताव आह्वान गरेको छ।

प्राप्त प्रस्तावहरूको मूल्याङ्कनबाट उपयुक्त प्रविधि, लगानीको ढाँचा, प्राविधिक चुनौती, आर्थिक सम्भाव्यता र आवश्यक सरकारी सहुलियतबारे स्पष्टता प्राप्त हुनेछ। इच्छुक कम्पनी तथा लगानीकर्ताले मन्त्रालयको आधिकारिक वेबसाइट www.moafe.gov.np बाट अवधारणा तथा कार्यवधिसम्बन्धी विस्तृत विवरण प्राप्त गर्न सक्नेछन्।

आवेदकले आफ्नो प्रस्ताव आगामी मङ्सिर १३ गते साँझ ५ः०० बजेसम्म मन्त्रालयमा भौतिक रूपमा बुझाउन वा greenurea@moafe.gov.np इमेलमार्फत पठाउन सक्ने मन्त्रालयले जनाएको छ।

The post ग्रिन युरिया प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान appeared first on Newskarobar .

The full article is being collected. Available text is shown for now.

Back
Share this story

Get the daily newsletter →

Ask globalread.info

AI news & website helper
What would you like to explore?

I can find stories, explain headlines, or help you use globalread.info.

AI can make mistakes. Check the linked sources. Questions are sent to OpenAI.