खाद्य व्यवस्था कम्पनीको सीईओका लागि ३ जनाको नाम सिफारिस
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।
मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ बमोजिम गठित सिफारिस समितिको मिति २०८३ असोज २२ गतेको निर्णयअनुसार खुला प्रतिस्पर्धाबाट सबैभन्दा बढी अङ्क प्राप्त गर्ने उत्कृष्ट तीन उम्मेदवारको नाम सिफारिस गरिएको हो ।
सिफारिसमा पर्नेहरूमा तनहुँका डिल्लीराज लम्साल, सिरहाकी संगीता यादव र काठमाडौंका होमनाथ न्यौपाने रहेका छन् ।
मन्त्रालयको समितिले १७ र १८ असोजमा सीईओ पदका लागि आवेदन दिएका १६ जना उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण लिएको थियो । सोही मूल्यांकनका आधारमा उत्कृष्ट तीन जनाको नाम छनोट गरिएको हो ।
The full article is being collected. Available text is shown for now.